नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ

860 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, –   नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन हुनुभएको छ ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बसेको दलको बैठकले उपनेतामा नेम्वाङसहित प्रमुख सचेतकमा देवप्रसाद गुरुङ, सचेतकमा शान्ता चौधरीलाई चयन गरेको हो ।

दलका नेता एवं पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्पन्न बैठकले सो जिम्मेवारी तोकेको हो ।

पार्टी एकतापछि संसदीय दलभित्रको जिम्मेवारी हेरफेर र समायोजन गरिएको हो ।

यसैगरी नेकपाको राष्ट्रियसभा संसदीय दलको नेतामा दीनानाथ शर्मालाई चयन गरिएको छ । बैठकमा अर्थमन्त्री एवं अर्थविद्ले संसद्मा प्रस्तुत सरकारको बजेटका प्राथमिकता र विशेषताबारे प्रस्तुति गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले सरकारको बजेट गरीब र जनतामुखी भएको तथा संविधानको मौलिक हकलाई कार्यान्वयन गर्ने एवं संघीयताको संरचनालाई पृष्ठपोषण गर्ने खालको भएको बताउनुभयो ।(रासस)