धुनिवेशी नगरपालिकाको मोवाइल एप्स सार्वजनिक, स्थानीय राजपत्र जारी

1623 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धुनिवेशी जेठ १७,- धुनिवेशी नगरपालिकाले नगरपालिका बाट स्विकृत भएका कानुनहको सार्वजनिक गरेको छ । नगरपालिकाले स्थानिय तह गठन भएको बर्षदिन बितेपछि स्थानिय राजपत्र प्रकाशित गरेको हो । नगरपालिकाले चैत्र २८ गते नै ७ वटा ऐन, ३ वटा नियमावली, १८ वटा कार्यविधि र १/१ वटा दिग्दर्शन तथा मापदण्ड नगरवाट पारित भई राजपत्रमा प्रकाशित गरेको भएपनि विहिबार एक कार्यक्रम गरी सार्वजनिक गरेको हो । स्थानिय राजपत्रमा  नरगपालिकाको स्थानिय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, बैठक सञ्चालन सम्बन्धी कार्यविधि,कार्यसम्पादन नियमावली २०७४ प्रकाशित गरेको हो । त्यस्तै भाग १ मा प्रशासकिय कार्यविधि (नियमन गर्ने) ऐन, आर्थिक ऐन सार्वजनिक भएको हो ।जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले नगरपालिकाद्धारा जारी गरिएको स्थानीय राजपत्र सार्वजनिक गर्नु भएको थियो ।

नगरपालिकाको बार्षिक समिक्षा यसरी गरियो

नगरपालिकाले बर्षभरी गरेको बार्षिक समिक्षा समेत गरेको छ । नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले सार्वजनिक गरेको समिक्षा पत्रमा नगरका उदेश्य, सम्भावना,प्राथामिकता, चालु आ.ब.को बजेट र बजेट परिचालन, योजना तथा कार्यक्रमहरु कार्यान्वयनको अवस्था, व्यवस्थित बजार र नक्सापास, फोहोर मैला व्यवस्थापन र सरसफाइ, उज्यालो नगर कार्यक्रम, सडक सुरक्षा, व्यापारिक फर्म दर्ता र व्यवसायीक कर, विद्यार्थी भर्ना अभियान र ८ कक्षाको परिक्षा संचालन, पुर्ननिर्माण कार्यक्रम, वडा कार्यालय र वडा समितिहरुको सक्रियता, सुशासन प्रर्वद्धन, स्थानीय न्यायिक समितिले बर्षभरी गरेको न्याय सम्पादनको विषयमा पनि सुनुवाई गरेको हो । हाल सम्म ३२ वटा विवाद न्यायिक समितिमा दर्ता भएको छ । जसमध्ये १७ वटा मेलमिलाप भएको छ । ७ वटा पेसीमा रहेका छन् । २ वटा जिल्ला तहमा पठाईएको छ । ३ वटा लेनदेनको विषय भएकोले प्रहरी कार्यालय पठाईएको जानकारी गराइएको छ ।

धुनिवेशी नगर स्तरिय यातायात गुरुयोजना अघि बढ्यो

धुनिवेशी नगरपालिकाले नगर स्तरिय यातायात गुरुयोजना अघि बढाएको छ । नगरपालिकाको सडकलाई दिर्घकालिन अवस्थासम्म व्यवस्थित,सुन्दर र आम नागरिकमैत्री बनाउन परामर्शदाता कम्पनी नै बनाएर अघि बढाइएको हो । राष्ट्रिय राजमार्ग, अन्तरजिल्ला मार्ग र स्थानिय मार्गहरुको क्षेत्राधिकारको आधार तय गरेर नगरपालिकाले व्यवस्थित सडकको परिकल्पना गर्न लागेको हो । कृषि उद्योग र पर्यटनलाई ध्यानमा राखी व्यवस्थित बसोबासको लागि पनि नगर स्तरिय यातायात गुरुयोजना ल्याउन लागिएको नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताए ।

आज नगरपालिकामा भएको कार्यक्रममा परामर्शदाता कम्पनी रिडेको प्रालिका ईन्जिनियर किशोर थापाले अव वडा स्तरमा प्रारम्भिक छलफल आगाडी बढाएर गुरुयोजनाको काम सूरु गरिने बताए । यसैविच गुरुयोजनालाई अघि बढाउन वडा नम्बर २ का अध्यक्ष बलराम कुँवरको अध्यक्षतामा नौ वटै वडाका अध्यक्ष सम्मिलित नगरपालिका स्तरिय सडक समन्वय समिति गठन समेत भएको छ । जसमा एक जना ईन्जिनियर र नगरपालिकाको प्राविधिक रहने बताइएको छ ।

नगरपालिकाको मोबाईल एप्स सार्वजनिक


धुनिवेशी नगरपालिकाको सम्पुर्ण विवरण राखिएको मोबाईल एप्स सार्वजनिक भएको छ । मोवाईल एप्समा कर्मचारी तथा जनप्रतिनिधिको विवरण,सुचना तथा योजना र कार्यक्रमको विवरण, व्यक्तिगत घटनाको फारमहरु, नागरिक बडापत्र तथा गुनासो तथा सुझावहरु पनि राख्न सक्ने व्यवस्था गरिएको छ । एप्सलाई एन्ड्रोइड मोवाईलको प्ले स्टोरमा गई धुनिवेशी नगरपालिका खोजी डाउनलोड गर्न सकिनेछ ।

-अनलाइन केन्द्रको सहयोगमा