लाभग्राही सूचीमा छुटेका १० हजार थपिए भूकम्प पीडित लाभग्राहीको सूचीमा

1607 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सरकारले भूकम्प पीडितको लाभग्राही सूचीमा छुटेका २ लाख मध्ये १० हजार ८४५ जनालाई लाभग्राही सूचीमा राखेको छ ।

लाभग्राही सूचीमा छुटेको भन्दै गुनासो आउने क्रम अहिले पनि जारी रहेको सन्दर्भमा प्राप्त भएका गुनासा तथा निवेदनलाई सम्बोधन गरिएपनि अझै ठूलो संख्यामा नागरिक बाँकी रहेका छन् ।

पछिल्लो पटक धादिङ, दोलखा, नुवाकोट, रसुवा, गोरखालगायतका जिल्लाको गुनासो मध्ये केहीको लाभग्राही सूचीमा थप गरिएको हो ।

पछिल्लो पटक पुनः निर्माण प्राधिकरणले स्थगलत अध्ययन तथा प्राविधिकहरुको सुझावका आधारमा लाभग्राहीको संख्या थप गरेको हो ।

प्राधिकरणकाअनुसार १ लाख ६५ हजार ८८१ लाभग्राहीले तेस्रो किस्ताका लागि आवेदन दिएका छन् । कूल ९ लाख ९६ हजार ५८२ घर क्षति भएको भन्दै लाभग्राही सूचीका लागि आवेदन प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

त्यसमा अति प्रभावित १४ जिल्लाका ८ लाख २३ हजार ४६० घर परिवार प्रभावित भएका थिए । कम प्रभावित १८ जिल्लाका एक लाख ६३ हजार १२२ घर प्रभावित भएका थिए ।

ती मध्ये ७ लाख ६७ हजार ७०५ लाभग्राही सूचीमा परेका थिए । ४ लाख २४ हजार २३५ घर परिवारले दोस्रो किस्ताका लागि आवेदन दिएका छन् । ७ लाख ९ हजार १८१ घर परिवारले पहिलो किस्ता बुझेका छन् ।

हालसम्म १४७ वटा सरकारी भवन मात्रै पुनः निर्माण भएका छन् । त्यस्तै १०६ वटा सांस्कृतिक सम्पदा पुनः निर्माण भएका छन् । सरकारी भवन तथा सांस्कृतिक सम्पदा पुनः निर्माणको गति कमजोर रहेको छ । त्यस्तै स्वास्थ्य संस्था तर्फ १४५ वटा मात्र पुनः निर्माण भएका छन् ।

धादिङ जिल्लाको तथ्याङ्क
कुल सर्भे -८५२२५
लाभग्राही सूचीमा परेका कुल संख्या -७३२७६
प्रवलिकरण सुचिमा परेका लाभग्राही- १४९४
अनुदान सम्झौता -६९९७४
पहिलो किस्ता बितरण -६९८१७
दोश्रो किस्ताका लागि प्रमाणिकरण -३९१४१
तेश्रो किस्ताका लागि प्रमाणिकरण -११३८१
बन्दै गरेका घरहरु -५३१८८
निर्माण सम्पन्न भएका घरहरु -१८९४०
गुनासो दर्ता -१६४०७
फर्छयौट भएका गुनासो- ०