३ नम्बर प्रदेशमा धादिङ लगायत १० जिल्लामा छैन केन्द्रीय अस्पताल

1267 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 हेटौँडा । ३ नम्बर प्रदेशका १० जिल्लामा अझै पनि  केन्द्रीय अस्पताल अभाव रहेको छ ।
अत्याधुनिक उपकरणसहित विशेषज्ञ डाक्टरहरुको सेवासुविधासहित सञ्चालन हुने सरकारी अस्पतालहरु राजधानी काठमाडौँ, ललितपुर र चितवनमा मात्र सीमित रहेका छन् ।

अन्य जिल्लामा गम्भीर प्रकृतिका बिरामी भएको खण्डमा यी ३ जिल्लामा पु¥याउनुपर्ने बाध्यता रहेको छ ।
सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको पाश्र्वचित्रमा उल्लेख गरिएको तथ्यांक केन्द्रीय अस्पताल काठमाडौँमा मात्र ११ वटा रहेका छन् भने ललितपुर र चितवनमा १-१ वटा मात्र रहेका छन् । यी अस्पतालमा विशेषज्ञ टोलीसहित सम्पूर्ण सुविधा उपलब्ध हुन्छ । अरु प्रकृतिका अस्पतालमा विशेषज्ञहरु भए पनि एक वा दुई जनामात्र हुने गर्छन्, पूर्ण टोली भने हु“दैन । अन्य १० जिल्ला मकवानपुर, भक्तपुर, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, रामेछाप, रसुवा, सिन्धुली, सिन्धुपाल्चोकमा केन्द्रीय अस्पताल छैनन् ।

त्यसैगरी, सेकेन्डरी लेबल क्षेत्रीय-उपक्षेत्रीय- अञ्चल अस्पताल ३ जिल्लामा मात्र रहेका छन् । यस्ता प्रकृतिका अस्पताल भक्तपुर, मकवानपुर र नुवाकोटमा रहेका छन् । त्यसैगरी, प्राइमरी ए लेबलका अस्पताल १२ वटा रहेका छन् । काठमाडौँ र मकवानपुरमा भन्दा बाहेक अरु सबै जिल्लामा यस्ता अस्पताल १-१ वटा छन् भने चितवनमा २ वटा रहेका छन् । त्यस्तै, प्राइमरी बी लेबलका प्राथमिक स्वास्थ्यकेन्द्रहरु प्रदेशमा ४२ वटा रहेका छन् । सबैभन्दा बढी प्राथमिक स्वास्थ्यचौकी ८ वटा काठमाडौँमा र सबैभन्दा कम एउटा रसुवामा रहेको छ ।त्यस्तै, सिन्धुली र काभ्रेपलाञ्चोकमा ४-४ वटा, चितवन, दोलखा, ललितपुर, मकवानपुर, नुवाकोट, रामेछाप र सिन्धुपाल्चोकमा ३-३ वटा, भक्तपुर र धादिङमा २-२ वटा रहेको तथ्याङ्कमा देखिएको छ ।
स्वास्थ्यचौकीको संख्या भने जिल्लागत तहमा राम्रो स्थितिमा रहेको देखिएको छ । प्रदेशमा स्वास्थ्यचौकीको संख्या ६४२ वटा रहेका छन् । स्वास्थ्यचौकीहरु भक्तपुरमा १९ वटा, चितवनमा ३६ वटा, धादिङमा ५० वटा, दोलखामा ५२ वटा, काठमाडौँमा ५८ वटा, काभ्रेपलाञ्चोकमा ८९ वटा, ललितपुरमा ३८ वटा रहेका छन् । त्यसैगरी, मकवानपुरमा ४१ वटा, नुवाकोटमा ६४ वटा, रामेछापमा ५२ वटा, रसुवामा १७ वटा, सिन्धुलीमा ५१ वटा, सिन्धुपाल्चोकमा ७५ वटा स्वास्थ्यचौकी रहेका छन् । प्रदेशमा १०१ वटा नगर स्वास्थ्यचौकी रहेका छन् । भक्तपुरमा ६ वटा, चितवनमा १५ वटा, धादिङमा एउटा, दोलखामा ७ वटा, काठमाडौँमा २७ वटा, काभ्रेपलाञ्चोकमा १० वटा, ललितपुरमा ६ वटा रहेका छन् । त्यस्तै, ललितपुरमा ६ वटा, मकवानपुरमा ५ वटा, नुवाकोटमा ४ वटा, रामेछापमा १० वटा, सिन्धुलीमा ६ वटा रहेको छ भने रसुवामा एउटा पनि नगर स्वास्थ्यचौकी नरहेको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य संस्थाहरु कम भएको जिल्लामा स्वास्थ्य संस्था स्थापना गरिने ३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।