जोगिमाराको तिक्राङ्ग खानीबाट त्रिशूली नदीमा ट्रक खस्यो , दुई जना बेपत्ता

1600 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२६ जेठ -धादिङ जिल्लामा पर्ने बेनिघाट रोराङ गाउँपालिकाको तिकराङ स्थित पृथ्वी राजमार्गमा गए राती भएको सवारी दुर्घटनामा परी दुई जना बेपत्ता भएका छन् । दुर्घटनामा एक जना घाईते भएका छन् ।
भैरहवाबाट काठमाण्डौ सिमेन्ट ल्याउदै गरेको मालवाहक ट्रक बेनिघाट रोराङ्गगाँउपालिका स्थित जोगीमाराको तिक्राङ्ग खानी भन्ने ठाँउबाट राती १ वजे तिर त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको हो । ट्रक सडकबाट करिव पन्ध मिटर तल खसेर त्रिशूली नदीमा डुवेको जोगिमारा प्रहरी चौकीले जानकारी दिएको छ । दुर्घटनामा परी बेपत्ता हुनेमा सिन्धुपाल्चोकका २७ वर्र्षीय ट्रकका चालक राजन श्रेष्ठ र सह–चालक सोही ठाँउका श्याम रहेका छन् ।अर्का एक घाईतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भई रहेको छ । ट्रक त्रिशूली नदी भित्र करिव ६० फिट तल गहिराईमा भेटिएको पनी प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुको खोजी कार्य जारी रहेको छ ।