मुरलीभञ्ज्याङ धुंवा रहित नमुना गाविस

962 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मुरलीभञ्ज्याङ /धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीसंगै रहेको मुरलीभञ्ज्याङ गाविसलाई  असार ११ गते देखि घरभित्रको धुंवा न्युनिकरण नमुना गाविसको रुपमा  घोषणा गरिएको छ । एक बर्ष अघी देखी जिल्लाका ५० गाविस मध्ये  मुरलीभञ्ज्याङ गाविस जिल्लाको पहिलो  घरभित्रको धुंवा न्युनिकरण नमुना गाविस भएको हो ।
मुरलीभञ्ज्याङ गाविसको कुल १ हजार ५ सय ८६ घरधुरी मध्ये १ हजार २ सय ७५ घरमा सुधारिएको चुलो निर्माण गरिनुका साथै २ सय १० घरमा गोवरग्यांस सहितको सुधारिएको चुलो निर्माण भई प्रयोगमा आएकाले जिल्लाका ५० गाविस मध्ये  मुरलीभञ्ज्याङ गाविस जिल्लाको पहिलो  घरभित्रको धुंवा न्युनिकरण नमुना गाविसका रुपमा घोषणा गरिएको  हो ।  मुरलीभञ्ज्याङ गाविसका ८० प्रतिशत घर धुवांरहित भएकाले गाविसलाई घरभित्रको धुंवा न्युनिकरण नमुना गाविसका  गरिएको हो ।