सागर लामिछानेको अध्यक्षतामा नेपाल राहत शिक्षक समिति धादिङको कार्य समिति चयन

1857 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङ जिल्लाभर कार्यरत राहत शिक्षकहरुको जिल्ला भेला सम्पन्न भएको छ । असार १ गते शुक्रवार धादिङबेसीमा सम्पन्न भएको भेलाले सागर लामिछानेको अध्यक्षतामा २२ सदस्यिय  नेपाल राहत शिक्षक समिति धादिङको चयन गरेको छ । भेलाबाट खुल्ला उपाध्यक्षमा जनार्दन नेपाल, दलित उपाध्यक्ष राजेन्द्र कोईराला, उपाध्यक्ष महिलामा जानुका खनाल चयन हुनु भएको छ ।
त्यसै गरी भेलाले सचिवमा रामकुमार श्रेष्ठ, सह सचिवमा हिरा थापा र कोषाध्यक्ष(अर्थ सचिव) मा अर्जुनप्रसाद अधिकारीलाई चयन गरेको छ ।  कार्य समितिको सदस्यहरुमा निर्मला दुवाडी, रामहरी पराजुली,तारा पाण्डे, दिनेश लुईटेल,सावित्री दुवाडी, विमल थापा,धनकुमारी लम्साल, देवकी रिजाल,शिवराज कँडेल बाबु आले मगर,दिपक सिटौला, शारदा तिमिल्सिना,सुष्मिता पाण्डे,राजेन्द्र प्रसाद न्यौपाने र प्रकाश रिजाल चयन भएका छन ।

 जिल्ला भेला आयोजक समितिका संयोजक  रामराज रिजालको सभापतित्वमा भएको भेलाको प्रमुख अतिथि  नेपाल राहत शिक्षक केन्द्रिय समितिका कार्यवहक अध्यक्ष खेमराज अधिकारीरहनु भएको थियो ।  भेलामा जिल्ला समन्वय समिति धादिङ प्रमुख जगन्नात नेपाल, नेपाल राहत शिक्षक केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष खगेन्द्र पौडेल लगायतको विशेष अतिथ्यता रहेको थियो ।