हाडनाता र गर्भवती बलात्कार गर्नेलाई १५ वर्ष कैदको फैसला

1061 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ४ असार  :   १५ वर्षीया बालिकालाई गर्भवती अबस्थामा हाडनाता करणी समेत गरेकोले बेनिघाट रोराङ गाउँपालिका–५ का २० वर्षीय कपिल सुनार वि.क. लाई जिल्ला अदालतले ०७५ असार ४ गते १५ वर्ष कैद गरि अभियुक्तबाट २५ हजार क्षतिपूर्ति भराउन फैसला गरेको छ ।
जिल्ला न्यायधिस उमेश कोइरालाको इजलासले अभियुक्त वि.क. लाई १५ वर्ष कैद गर्दै क्षति पूर्ति दिन आदेश गरिएसंगै महिला तथा बालबालिका कार्यालयलाई २ लाख ५० हजार तत्काल क्षतिपूर्ति भराइदिन आदेश गरिएको छ ।
अभियुक्त वि.कले ०७४ चैत २५ गते पछिल्लो ३ पुस्ता भित्रको १५ वर्षीया  बालिका बलात्कार गरेपछि प्रहरीले जाहेरीको आधारमा जेठ १ गते गिरफ्तार गरेको थियो । बालिकाको पेटमा बच्चा भएको र बच्चा भएको अबस्थामा समेत बलात्कार गरेको प्रमाणित भएको छ ।
अभियुक्त वि.क.लाई जबरजस्ती करणीमा ७ वर्ष, गर्भवतीलाई करणी गरेकोमा थप ५ वर्ष र तीनपुस्ता भित्रको हाडनातामा करणी गरेकोमा थप ३ वर्ष सजाय गर्ने फैसला गरेको हो । जिल्ला अदालतमा ०७५ जेठ २२ गते दर्ता भएको मुद्दा निरन्तर सुनुवाइ गरि १३ दिनपछि असार ४ गते फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार उदयराज काफ्लेले बताए । पीडितलाई क्षतिपूर्ति भराउन र न्याय दिलाउनका लागि  मुद्दाको फैसला भएकै दिन तयार भएको छ ।