अनधिकृत रुपमा वन्द गराईएको विजुली दुई साता पछि बल्ल वल्यो

2128 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बिद्युत्त प्राधिकरणको लापरवाहीका कारण अबरुद्ध हुन पुगेको धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ को चारवटा टोलमा दुई साता पछि बिजुली बलेको छ ।
गल्छी गाउँपालिका वडा नम्बर ६ को माझिखेत,माझिलोसे,रैकर र बराडाँडा गाउँमा लगेको विजुली जेठ २२ गते प्राधिकरणको गजुरी प्रशाखाका कर्मचारीलले अनधिकृत रुपमा वन्द गरिदिएका थिए । १७ बर्ष देखि गाउँ तिर लगेको बिद्युत्त लाइन संगै जुधाएर वालुवा प्रशोधन गर्ने उद्योगका लागि केही दिन अघि नयाँ लाइन जडान गरिदिएको प्राधिकरणले गाउँको लाइनका कारण उद्योगमा लगेको लाइनमा क्षती पुग्न सक्ने भन्दै एकतर्फी रुपमा गाउँ तिर लगेको विजुलीको लाइन काटिदिएको थियो ।
बिद्यु्त्त प्राधिकरणको गलत कार्यको चौतर्फि बिरोध हुनुका साथै काटिएको लाइन विना शर्त जडान गर्न सबै तिरबाट दवाव परेपछि नेपाल बिद्युत्त प्राधिकरण धादिङ शाखाका प्रमुख आंफै उपस्थित भएर असार ५ गते राती ९ वजेबाट गाउँमा विजुली वालिदिएका हुन ।

बस्तीमा लगेको विजुलीको लाइन संग माझिखेतमा भर्खरै संचालनमा आएको वालुवा प्रशोधन उद्योगमा जोडेको बिद्युत्त लाइन हावा चलेको बेला एक आपसमा जुध्ने भएपछि प्राधिकरणले बस्ती तर्फको लाइन काटिदिएर उद्योगमा भने नियमित विद्युत संचालन गरिदिएको थियो । उद्योग वरिपरीका घरमा पनि विजुली वलिरहेको थियो । त्यहाँबाट २ सय मिटर परको बस्ती भने टुकीको भरमा बस्नु परेको भन्दै स्थानीयले प्राधिकरणको लापरवाहीको विरोध जनाएका थिए ।
गाउँका ३० घर परिवार दुई साता देखि बिजुली उपभोग गर्नबाट बञ्चित हुनुपरेपछि काटिएको लाइन जोडिदिन अनुरोध गर्दे गाउँवासी दर्जनौं पटक बिद्युत्त प्राधिकरण गजुरी शाखामा पुगेका थिए ।  गाउँवासीले लाइन जोेडिदिन मौखिक तथा लिखित अनु्रोध गरेपनि प्राधिकरणले बेवास्ता गरेको थियो । बिद्युत्त प्राधिकरणले गाउँवासीलाई नटेरेपछि उनिहरुले गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिना, ६ नम्बर वडाका अध्यक्ष राजन श्रेष्ठलाई  सहयोगका लागि आग्रह गरेका थिए । यसै गरी धादिङ क्षेत्र नम्बर १ का सांसद भुमिप्रसाद त्रिपाठी,जिल्ला प्रशासन कार्यालय, नेपाल बिद्युत्त प्राधिकरण धादिङ शाखा मार्फत पनि प्राधिकरणको गजुरी शाखाको ध्यानाकर्षण गराएपनि खासै उपलव्धि हुन सकेको थिएन ।
गाउँमा रहेका पुराना काठको पोल हटाईदिन र काटिएको लाइन जोडिदिन आग्रह गर्दै पटक पटक प्राधिकरणको गजुरी प्रशाखा पुगेका स्थानीयवासीलाई त्यहाँका कर्मचारीले वेवास्ता गर्दै आएको थियो ।  दुई साता अघि देखि विद्युत्त विहिन हुन पुगेको बस्तीमा असार ५ गते राती ९ वजे बाट विजुली बलेपछि गाउँवासीमा खुसीयाली छाएको स्थानीय प्रविण भण्डारीले वताए ।
मंगलबार गल्छी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजन श्रेष्ठ र गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिना आंफैं फिल्डमा उपस्थित भई अवरुद्ध भएको विजुली जडान नभएसम्म प्राविधिक टोली फिर्ता नलैजान प्राधिकरणलाई दवाव दिएका थिए ।

र यो पनि पढ्नु होस