गल्छी -८ मा परियोजना अनुगमन तथा समन्वय समिति गठन

731 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी गाउँपालिकाको वडा नम्बर ८ मा संचालित पशु बस्तुको मुल्य श्रृङखलामा आधारित साना किसानहरुको संस्था सवलिकरण परियोजनाको कार्यक्रम तथा गतिविधि अनुगमन गर्न परियोजना अनुगमन तथा समन्वय समिति गठन गरिएको छ ।
गाउँपालिकाका प्रमुख वा उपप्रमुख संयोजक रहने सक्ने परियोजना अनुगमन तथा समन्वय समितिमा गाउँपालिकाका सम्वन्धित शाखाका प्रम्ुखका साथै वडा नम्बर ८ का वडा अध्यक्ष ,गाउँ कार्यपालिकाका समावेशी सदस्य राजु श्रेष्ठ ,संस्कार महिला कृषि सहकारी संस्थाका अध्यक्ष तारादेवी श्रेष्ठ,हेफर नेपालका कार्यक्रम अधिकृत र फोकस नेपालका कार्यक्रम संयोजक सदस्य रहने निर्णय गरिएको छ ।
हेफर इन्टरनेशनल नेपालको सहयोगमा फोकस नेपाल धादिङले नुवाकोट र धादिङ जिल्लामा संचालन गरिरहेको पशु बस्तुको मुल्य श्रृङखलामा आधारित साना किसानहरुको संस्था सवलिकरण परियोजना गल्छी गाउँपालिकाको वडा नम्बर ८ मा पनि संचालन भईरहेको छ ।
फोकस नेपालका अध्यक्ष हेमराज छत्कुलीको अध्यक्षतामा मंगलबार बैरेनीमा सम्पन्न भएको कार्यक्रममा परियोजनाको अहिले सम्मको अवस्था, भावी कार्यक्रमहरुका वारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिना, प्रमुख प्रशासकीय अधिकृत पुष्यबिक्रम पौडेलका साथै विभिन्न वडाका अध्यक्षहरु र गाउँपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारी, सरोकारवाला संस्था प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।