रोनाल्डोको गोलमा पोर्चुगल बिजयी

849 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं: विश्वकप २०१८ अन्तर्गत समूह ‘बी’को खेलमा पोर्चुगलले मोरोक्कोलाई १-० गोल अन्तरले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डोले खेलको ५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।  विश्वकप २०१८ मा उनको यो दोश्रो गोल हो । स्पेन सँग भएको पहिलो खेलमा उनले ह्याट्रिक गरेका थिए ।लुझनिकी रंगशालामा जारी रहेको खेलमा पोर्चुगलले मोरोक्कोकोलाई १-० गोल अन्तरले पराजित गरेको हो । पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको पोर्चुगलले   मोरोक्कोलाई हराउँदै अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै राखेको छ भने मोरोक्को विश्वकपबाट बाहिरिएको छ ।