धादिङ रिचोकटारमा पाँच बर्षिय बालकको हत्या

1823 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – धारिलो हतियार प्रयोग गरेर धादिङको बेनीघाट रोराङ्ग गाँउपालिका वडा नम्बर–३ रिचोकटारमा एक बालकको हत्या गरिएको छ ।
पाँच वर्षको आयुस सार्कीलाई निजकै काका सिताराम सार्कीले आईतबार सांझपख घरमा नै खेली रहेको अवस्थामा धारिलो हतीयारको प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।बालकको हत्या पछि सिताराम फरार रहेकाले हत्यामा उनको संलग्नता रहेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

आईतबार सांझ करिव ८ बजे सो घटना भएको हो । हत्याको कारण भने अहिलेसमम खुलेको छैन । हत्याको आरोप लागेका सिताराम सार्की फरार भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । फरार सितारामको खोजी भई रहेको छ ।