प्राथमिक शिक्षक सरह वनाईदिन वाल विकास सहजकर्ताको माग

858 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गजुरी -स्कुल जाने उमेर पूर्वका वालवालिकाहरुलाई वालमनोरन्जनात्मक किसिमले सिकाई स्तर वृद्धि गरी स्कुल जाने वातावरण बनाउन खोलिएका वाल विकास केन्द्र सञ्चालन गरिएको छ । वाल विकास केन्द्र स्कुलमै सञ्चालन गर्दा वाल विकास सहजकर्ताहरुले दरवन्दी वा नीजि श्रोतका शिक्षकहरु सरह पढाउनु परेको सहजकर्ताहरुको गुनासो छ ।
दरवन्दीमा रहेको शिक्षक सरह १० बजेदेखि ४ वजेसम्म पढाउनु पर्छ । दरवन्दीका शिक्षक २२ हजार भन्दा बढी तलव पाँउछन् । हामीलाई छ हजार मात्र सहजकर्ताहरुको गुनासो छ । हामी आमा बुवा भन्न सिक्दै गरेका वालवालिकाहरुलाई मनोरन्जनात्मक तरीकाले समाज पढाउछौ । हामीलाई विद्यालयको सहयोगी भन्दा पनि कम तलव छ । सहजकर्ताहरुले वाल मैत्री हल, वाल सिकाई सामाग्री, सहज कर्तालाई तालिम, पोशाक, प्राथमिक शिक्षक सरह तवल हुने पर्ने गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत समक्ष माग गरेकाछन् ।
सहजकर्ताहरुको माग सुन पश्चात अध्यक्ष बस्नेतले गजुरी गाँउपालिका वालमैत्री घोषणका चरणमा रहेकाले वालवालिकाहरुको वृद्धि विकासकालाइृ आवश्यक सामाग्रीहरु क्रमश उपलव्ध गराउछौ । वालवालिकाको भविष्य वाल विकास सहजकर्ताहरुको रहेको छ । तपाईहरुले जस्तो सिकाउनु हुन्छ वालवालिकाले त्यस्तै सिक्ने भएकाले सिकाई सामाग्री आवश्यक छ । गाँउपालिकाले निकट भविष्यमै सिकाई सामाग्री उपलव्घ गराउँछ । क्रमश भौतिक पूर्वाधारको काम पनि गर्छौ । तलवको सन्र्दभवमा सहि समयमा उठाउनु भएको छ । हामी गाँउ कार्यपालिकामा छलफल गरेर निर्णयमा पुग्छौ अध्यक्ष बस्नेतले भने । छलफलमा उपाध्यक्ष सीता ढुंगाना, निमित्त प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटा, शिक्षा अधिकृत इश्वर कुमार श्रेष्ठ सहित वडा अध्यक्षहरु समेतको उपस्थित रहेका थिए ।
गजुरी गाँउपालिका भित्र सञ्चालन भईरहेका ३३ वाल विकास केन्द्रका सहजकर्ताहरु संगठित भई देवकी श्रेष्ठको अध्यक्षतामा ९ सदसीय वाल विकास सहजकर्ता समिति गठन गरेकाछन् ।