रुवी भ्यालीको रत्न पत्थरले आर्थिक समृद्धि ल्याउँछ -मन्त्री नेपाल

1252 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको हिमाली भेगमा पर्ने रुवीभ्याली गाउँपालिकामा पाइने रुवीको उत्खनन तथा सही व्यवस्थापन गरे त्यहाँका वासिन्दाको आर्थिक तथा सामाजिक जिवनस्तरमा सुधार आउने प्रदेश नम्बर ३ का उद्योग पर्यटन बन तथा वाताबरण मन्त्री अरुणकुमार नेपालले बताउनु भएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति धादिङले शनिवार धादिङबेसीमा आयोजना गरेको रत्न पत्थरको उत्खनन्, सीप प्रवर्धन , व्यवसायको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री नेपालले सो कुरा वताउनु भएको हो ।
कार्यक्रममा रत्न पत्थर सम्वन्धी अध्ययन अनुसन्धान गर्दै आईरहेको कालिका कन्सलटेन्सीका राजेन्द्र मिश्र र रामप्रसाद देवकोटाले रत्न पत्थर तथा रुवीको वारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
उद्योग प्रर्वद्धन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेश सभा सदस्य जगत सिम्खडा, धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष विश्वराम दुवाडी, धादिङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष ध्रुवराज थापा लगायतले रुवीभ्यालीको रत्न पत्थरको महत्वका वारेमा आफ्नो धारणा राखेका थिए । यसै गरी कार्यक्रममा वोल्दै रुवीभ्याली गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जिल्लाको विकटमा रहेको रुवीभ्यालीलाई सडक सन्जालले जोड्न सके यहाँ धेरै सम्भावनाहरु रहेको वताउनु भएको थियो ।
रुवी भ्यालीमा मोटरबाटो पुग्दा जिल्लालाई नै व्यापार नाफा हुन्छ । त्यहाँ फलेको आलु, त्यहाँका जडीवुटी, भेडाको उन र रुवी वजार सम्म ल्याउन पाइन्छ । प्राकृतिक रुपमै धनी हिमालको फेदमा रहेको रुवीभ्यालीमा अहिले सम्म विकास पुग्न सकेको छैन त्यसैले अव रुवी भ्यालीको विकासमा केन्द्रिय सरकारले पहल गर्नुपर्नेमा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले जोड दिनु भयो ।
रत्न पत्थरको व्यवसायिक व्यवस्थापनका लागि धादिङमा रत्न पत्थरवस्तु विकास केन्द्र स्थापना  गरी गरगहनामा राख्ने पथ्थर कसरी बनाउने भन्ने सिप मुलक तालीम समेत सुरु गरेको छ ।
रुवी भ्यालीको नाम अनुसार काम गर्न आवश्यक भएकाले त्यस क्षेत्रमा पाईने रेड डाइमन अर्थात रुवी पत्थर उपयोग गरेर त्यहाँका यूवाहरुलाई रोजगारी दिदै डलर भित्र्याउन सक्नु पर्ने सांसद सिम्खडाले वताउनु भयो । त्यस क्षेत्रका श्रोतसाधनको अधिकतम उपयोग गरेर विकासको मुहान फुटाउने गरी प्रदेशको वजेट गाउँमा विनियोजन गरिएको पनि प्रदेश सभा सदस्य सिंखडाले जानकारी दिनु भयो ।