अत्याधिक गर्मी र लामखुट्टेबाट बच्न छाता तथा झुल वितरण

1732 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

                 साउन १३, सर्लाही / सुकुमाया फाउन्डेसनले जिल्लाको हरिवन नगरपालिका वडा नम्बर २ मा रहेको अति विपन्न १०० परिवारलाई झुल तथा छाता वितरण गरेको छ । तराइ क्षेत्रमा गर्मीको चाप बढे सँगै स्थानीयहरूलाई लु लाग्ने, लामखुट्टेको विगविगी बढ्ने र यसबाट विभिन्न प्राणघातक रोग समेत लागेर धेरैको मृत्युसमेत हुने भएकोले फाउन्डेसनले झुल तथा छाता वितरण गरेको हो ।

छाता वितरण गर्दै अध्यक्ष मोक्तान

              फाउन्डेसनकी अध्यक्ष सुकुमाया मोक्तानको अध्यक्षतामा सम्पन्न झुल तथा छाता वितरण कार्यक्रमको प्रमुख आतिथ्यता वडाध्यक्ष अर्जुन महतोले गर्नु भएको थियो भने विशेष अतिथि वाइबा समाज नेपालका अध्यक्ष बिगेन्द्र सिङ वाइबा हुनुहुन्थ्यो ।

               गर्मीको मौसममा विशेषगरि तराइ क्षेत्रमा अत्याधिक गर्मी हुने, लु लाग्ने त्यस्तै लामखुट्टेको बिगबिगी असाध्यै बढ्ने र यसको टोकाईबाट बर्षेनी सयौं मानिस प्रभावित हुने गर्दछ । लामखुट्टेका कारण सयौं मानिस औंलो, हात्तिपाइले आदि जस्ता रोगबाट प्रभावित हुने र डेंगु, कालाजार जस्ता प्राणघातक रोगबाट मृत्यु समेत हुने हुनाले यसको रोकथामका लागि अति विपन्न १०० परिवारलाई झुल तथा छाता वितरण गरिएको सुकुमाया फाउन्डेसनकी अध्यक्ष सुकुमाया मोक्तानले धादिङन्युजलाई बताउनु भयो ।

झुल वितरण गर्दै फाउन्डेसनकी अध्यक्ष मोक्तान

                 सुकुमाया फाउन्डेसनले “मिसन ताइस्या” मार्फत अति विपन्न माइली स्याङ्तानलाई केहि जग्गा खरीद र घर समेत बनाइदिसकेको छ । दोश्रो मिसन अनुरुप ताइस्याकी छोरी वर्ष १० कि माया तामाङ र सोहि वडाकी अर्की १२ वर्षकी प्रमिशा माझीको पालनपोषण तथा पठनपाठनको समेत जिम्मा लिएको छ । यथाशिघ्र उनीहरुलाई विद्यालय भर्ना गराउने अध्यक्ष मोक्तानले बताउनु भयो ।

माया घिसिङ र प्रमिशा माझी सुकुमाया मोक्तानको साथमा हर्षित मुद्रामा

                   यस क्षेत्रका अधिकतम मानिसहरु कृषि पेशामा आश्रित छन् भने आयश्रोत अत्यन्तै न्युन रहेको छ ।