logo

देशभरका ७५३ वटै स्थानीय तहमा नेपाल प्रहरीको संगठन विस्तार

1873 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं: नयाँ संरचना अनुसार  देशभरका ७५३ वटा स्थानीय तहमा नेपाल प्रहरीको संगठन विस्तार भएको छ ।  गत २०७५ जेठ २७ को सरकारी निर्देशनबमोजिम प्रहरी कार्यालय नेपालको सम्पूर्ण स्थानीय तहमा विस्तार गरिएको हो ।

यसअघि चार नगरपालिका र २६ गाउँपालिका बाहेक ७२३ स्थानीय तहमा मात्र प्रहरी कार्यालय रहेकामा अहिले बाँकी ३० स्थानीय तहमा पनि प्रहरी कार्यालय स्थापना गरिएको हो ।

धादिङ जिल्लाको १३ वटै स्थानीय तहमा पनि प्रहरी इकाई स्थापना भई संचालनमा रहेको छ । सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ नगरपालिकामा जिल्ला प्रहरी कार्यालयका साथै जिल्लाको रुवीभ्यालीको सेर्तुङ,खनियाबासको दार्खा,गंगाजमुनाको फुलखर्क,त्रिपुरासुन्दरीको सल्यानटार, नेत्रावतीको कटुन्जृे,ज्वालामुखीको मैदी र सांधभज्याङ,सिद्धलेकको बैरेनी,वेनिघाटरोराङको वेनिघाट,जोगिमारा र ताल्ती, गजुरीको गजुरी, मलेखु,गल्छीको बैरेनीवजार, गल्छी, थांक्रेको सिम्ले, महादेवबेसी र हाप्सेचौर,धुनिवेसीको खानीखोला र जिवनपुरमा प्रहरी संगठनको इकाई रहेको छ ।

प्रहरीले संगठनलाई प्रादेशिक ढाँचामा रुपान्तरण गर्नका लागि तीन हजार १०१ नयाँ दरबन्दी थपसमेत गरिएको छ । यसैगरी प्रदेश प्रहरी कार्यालय स्थापना हुन बाँकी प्रदेश २ र ५ का लागि प्रदेश प्रहरी र अन्य प्रहरीस्तरीय कार्यालयसमेत स्थापना गरिएकोे छ ।

मुलुकभर बढ्दो क्रममा रहेको सवारी साधन व्यवस्थापनलाई सहज बनाउनका लागि प्रहरीले प्रदेश संरचनाअनुसार प्रदेश ३ र ४ मा प्रदेश ट्राफिक कार्यालय स्थापना गरिने र यसका लागि प्रहरी प्रधान कार्यालयले नयाँ दरबन्दी थप गर्न पहल गरिरहेको छ । यस्तै प्रदेश नं ३ र ६ मा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी विद्यालय स्थापनाका लागि नयाँ दरबन्दी निकासा भई स्थापनाका लागि गृहकार्य भइरहेको जनाइएको छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic