दुर्घटनास्थलबाट घाइतेलाई डोकोमा बोकेर ल्याईदै

824 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २३ भदौ, :  गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ भने दुर्घटनास्थलबाट एक जनाको जिवितै उद्धार गरिएको छ भने  पाँच जनाको शव भेटिएको छ । एक जना भने हराईरहेका छन ।
नुवाकोट प्रहरी प्रमुख एसपी बसन्त कुँवरले दुर्घटनामा ५ जनाको मृत्यु भएको पुष्टि गर्दै गम्भीर घाइते एक महिलालाई डोकोमा राखेर ल्याइदै गरेको जानकारी दिएका छन । घटनास्थल निकै दुर्गमस्थान र जंगलको बीचमा रहेकाले उनलाई उद्धारमा गएको हेलिकप्टरसम्म पुर्याउनका लागि डोकोको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
हेलिकप्टरमा सात जना सवार रहेको भए पनि पाँच जनाको शव र एक जना घाइते मात्र भेटिएकाले एक जना अझै वेपत्ता रहेका छन । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए ।
हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्मा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको तर मृतक को–को हो भन्ने सनाखत नभएको नुवाकोट प्रहरीले जनाएको छ ।