नुवाकोटमा अल्टिच्युडको हेलिकप्टर दुर्घटना-दुर्घटनास्थलमा पाँच जनाको शव भेटियो,एकको जिवितै उद्धार

1017 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २३ भदौ – गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको नुवाकोटका प्रहरीका प्रमुख एसपि बसन्त कुँबरले पुष्टि गरेका छन । नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर भेटिएको कुँवरले वताएका छन् ।
गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गर्दा बेपत्ता भएको कल साइन ९ एन–ए–एल–एस को अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको कुँबरले बताए । उनका अनुसार घटनास्थलमा ५ जनाको शव भेटिएको छ भने १ जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ । घटनास्थलमा ५ जनाको शव भेटिएपनि कसैको शनाखत हुन नसकेको बताए । हेलिकप्टरमा ७ जना सवार रहेको भनिएपनि एक जनाको भने अझै अवस्था खुल्न सकेको छैन ।
हेलिकप्टरका पाइटलसहित ५ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको कुँवरले जानकारी दिए । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले पनि मेघाङको जंगलक्षेत्रमा स्थानमा दुर्घटनाग्रस्त हेलिकोप्टर भेट्टाएको पुष्टि गरेका छन । गोर्खाबाट काठमाडौं फर्किदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रजिअ थापाले जानकारी दिए ।
उक्त हेलिकप्टर गोरखाबाट बिहान ७ बजेर ४५ मिनेटमा उडेको थियो । नाइनएन–अल्फा लिमासेरा कलसाइन नामको उक्त हेलिकप्टर धादिङ्गको खनियावास गाउँपालिका नजिकै पर्ने नु्वाकोटको म्यागङको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नुवाकोटका प्रजिअ थापाले बताएका छन । थापाका अनुसार दुर्घटना भएको ठाउँ पहिचान गरी सो स्थान सम्म पुग्न निकै समय लागेको कारण उद्धारमा ढिलाई भएको हो । दुर्घटनाको खबर आए लगत्तै नुवाकोट र धादिङ जिल्लाबाट प्रहरी परिचालन गरि घटनास्थलको खोजी गरिएको थियो । बस्ती भन्दा टाढा र घना जंगल भित्र कुहिरो लागिरहेका कारण घटनास्थल पत्ता लगाउन कठिनाई भएको प्रहरीले जनाएको छ ।
हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 रहेको छ ।