पहिरोमा परेर लमजुङमा तीन जनाको मृत्यु, तीन बेपत्ता

921 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

लमजुङ-  लमजुङकाे मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा आएको बाढी र पहिरोमा परि तीन जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिका एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो । यस्तै श्रीचौरका विष्णुकुमारी गुरूङको पनि मृत्यु भएको छ ।

वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकामसम्म पनि ल्याउन सकिएको थिएन । पहिरो चलेपछि घर छोडेर भाग्दाभाग्दै उनीहरू पुरिएका थिए । स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरे पनि थप उपचार पाउन नसक्दा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै पहिरोमा परि बेसीशहर नगरपालिका–११ स्थित हिमालयन हाइड्रोपावर रामचोकमा कार्यरत बलिराम चौधरी, लक्ष्मीप्रसाद थारू, मर्स्याङदी गाउँपालिका–४ अर्खलेबेंसीका राजु लामा बेपत्ता भएका छन् । मस्र्याङ्दी–४ रामबजारमा जितबहादुर गुरुङ र दमै गुरुङको घर रामबजार खोलामा आएको बाढीले बगाएको हो ।

यस्तै बाढीले एउटा ट्रयाक्टर र एउटा मोटरसाइकल समेत बगाएको छ भने बाढीको कारण १५ घर जोखिममा रहेको प्रहरीले जनाएको छ । पशुपंछी र चौपाय पनि खोलाको बाढीले बगाएको स्थानीयबासीले बताएका छन् ।