महादेववेशीमा भेटियो दुर्लभ जनावर ‘सालक ‘

2110 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महादेववेशी- दुर्लभ एवं संरक्षित जनावरकोरुपमा सुचिकृत  सालक धादिङको थाक्रे गाउँपालिका अन्तर्गत वार्ड नं. ११, महादेववेशी बजारमा विहिवार विहान एक घरमाभित्र फेला  परेको छ ।  सालक घर भित्र भान्छा कोठामा गएपछि घरधनी पवन परियारले प्रहरी तथा स्थानिय वासिन्दालाई खवर गरेका थिए । खवरपछि महादेववेशी प्रहरी चौकी, थाक्रे वडा नं. ११ का अध्यक्ष रविप्रकास ओझा, वडा नं. ६ का अध्यक्ष पुर्णबहादुर कार्की को समेत उपस्थितिमा उक्त सालकलाई इलाका वन कार्यालयका वन रक्षक लक्ष्मी दत्त जोशी को टोलीले बुझिलिइ थाक्रे वार्ड नं. १० मा रहेको ठुलोबन सामुदायिक बनमा छाडिएको छ ।

के हो सालक ?
सालक एक प्राय एक्लै तथा रातमा सकृयहुने दुर्लभ जंगली जनावर हो । यसलाई अंग्रेजीमा PANGOLIN भनिन्छ । यसको ढाडमा विभिन्न खपटाहरले ढाकेको हुन्छ । यो लाम्चो गोही जस्तै आकारको हुन्छ । यो जनावरले प्राय कमिला तथा धमिराहरु खाने गर्दछ । यसले आफुलाई खतरा भएको महशुस हुने वित्तिकै डल्लो परेर आफ्नो टाउकोलाई भित्रि भागमा छोपिनेगरि गुडुल्कि परेर बस्छ । नेपालमा दुइ प्रकारको सालक पाइएको छ । इन्डियन सालक (टेम सालक) र चाइनिज सालक (कालो सालक) पाइने गरेको छ । आइ यु सि एन ले दूवै प्रकारको सालकलाई अति दुर्लभ जनावरको रुपमा राखेको छ । विशेषगरी पुर्वी तथा मध्य पहाडी क्षेत्र एवं विशेषगरी चुरे पहाडी क्षेत्रतिर पाइने उल्लेख गरेको छ । नेपालले समेत राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन वि.सं. २०२९ ले अति दुर्लभ तथा संरक्षित जनावरको रुपमा उल्लेख गरेको छ । सालकलाई विश्व वन्यजन्तु संरक्षण कोषले समेत दुर्लभ तथा संरक्षित जनावरको रुपमा हरेक फेव्रुवरी १७ तारिलाई विश्व सालक दिवशको रुपमा मनाउने गर्दछ । आगामी फेबु्रवरी १७ मा अठारौ सालक दिवश मनाउँदै छ ।

IMG_4718
विशेषगरी यसको मासु खान तथा यसको खपटालाई विदेशमा चोरी पैठारी गरि विभिन्न माला तथा गहनामा प्रयोग गर्नका लागि वन्यजन्तु तस्करी गर्नेहरुबाट यो अति जोखिममा रहेको छ ।