धादिङका कृशल नेपाल आइडलको उत्कृष्ठ १२ मा पर्न सफल (भिडियो सहित)

6286 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

-कुशल अधिकारी

धादिङ – चर्चित  रियालिटि शो ‘नेपाल आइडल‘ सिजन २ मा सबैभन्दा कान्छा प्रतिस्पर्धि धादिङका कृशल कँडेल उत्कृष्ठ १२ मा पर्न सफल भएका छन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका  सल्यानकोटका स्थायीवासी कँडेल परिवार केही बर्ष देखि नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटारमा वस्दै आईरहेका छन् । आफ्नो जादुमय आवाजले निर्णायकहरुको  मन जित्दै आएका कृशलले पछिल्लो शो को प्रस्तुतीबाट अतिथिहरुलाई पनि खुशी पार्न सफल भएका थिए ।कृशल नीलकण्ठ क्याम्पसका प्राध्यापक मोहन कँडेलका कान्छा सुपुत्र हुन ।

कृशलले यसै बर्ष मात्रै  नीलकण्ठ मा.विबाट प्राविधिक बिषयमा एस.ई.ई उत्तिर्ण गरेका छन । उनी धादिङ जिल्ला बाट सो स्थानमा पु्ग्ने पहिलो प्रतिस्पर्धी हुन् ।  बिद्यालय उमेर देखिनै गित संंगितमा निकै रुची राख्दै विभिन्न कार्यक्रमहरुमा सहभागी भएर उपाधि जित्न सफल हुंदै आएका  कृशल केही समय अघि हिमालय टेलिभिजनबाट प्रसारित राष्ट्रिय स्तरको गायन प्रतियोगीता लैवरी सिङगिङ स्टारमा को दोश्रो स्थान मा पुग्न सफल भएका थिए ।

 

‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ भन्ने नारा रहेको नेपाल आइडल सिजन २ मा शीर्ष विजेताले २० लाख नगद, एउटा कार, एल्बम सम्झौता र वल्ड टुर प्याकेज अथवा ५० लाख नगद जित्न सक्नेछन् ।