चितुवाको छाला बेच्न खोज्ने धादिङको बुद्धिमान तामाङ सहित ३ जना पक्राउ

964 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला १ थान सहित ३ जनालाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ बस्ने ५५ वर्षीय शेलबहादुर तामाङ, धादिङ बेनिघाट रोराङ्ग गाउँपालिका–१ वस्ने ३४ वर्षीय बुद्धिमान तामाङ र कास्की पोखरा महानगरपालिका–२४ बस्ने ४५ वर्षीय सालिक राम सुवेदी रहेका छन् ।

अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री तथा ओसारपसार हुँदै गरेको भन्ने सूचना प्राप्त भएपछि व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ बौद्ध सिद्धार्थमार्गबाट उनीहरुलाई उक्त छाला सहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई आवश्यक कारवाहीको लागि शुक्रबार डिभिजन बन कार्यालय काठमाडौंमा बुझाइएको छ ।