रातोमाटो खन्नेक्रममा ढिस्कोले पुरिंदा घाईते बालकुमारीको मृत्यु

1255 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ८ असोज –  धादिङमा घरपोत्ने रातोमाटो खन्नेक्रममा ढिस्कोले पुरिंदा घाईते मध्ये एक जनाको ज्यान गएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को सल्लेघारीमा आईतबार माटोको ढिस्कोमा परेर ३ जना महिला घाइते भएका थिए । सो दुर्घटनमा परि गम्भिर घाईते भएकी नीलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानी घर भएकी २५ बर्षिया बालकुमारी गुरुङको सोमबार दिउँसो काठमाण्डौंमा उपचारका क्रममा मृत्यु भएको आफन्तहरुले जानकारी दिए । वालकुमारीलाई उपचारका लागि आईतबार धादिङबेसीबाट हेलिकप्टरमा काठमाण्डौं लगिएको थियो ।
दशैंका लागि घरपोत्ने रातो माटो लिन गएका नीलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानीका २५ बर्षिया बालकुमारी गुरुङ, २२ वर्षिया कुलमाया गुरुङ र २५ वर्षिया नीरमाया गुरुङ आईतबार विहान करिब ९ बजेको समयमा माटोको ढिस्कोमा पुरिएर घाईते भएका थिए । घाइतेहरुमध्ये बालकुमारी गुरुङको अवस्था गम्भीर रहेकोथियो । वालकुमारीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा उपचारका लागि भर्ना गरिएको थियो ।
घाईते मध्ये निरमायाको काठमाण्डौंमा उपचार भईरहेको छ भने कुलमाया प्राथमिक उपचार पछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हरेक बर्ष विशेष गरी दशैको समयमा घर लिपपोत गर्न माटो खन्न ढिस्कोमा जांदा पुरिएर घाइते हुने ज्यान ज्यान घटनाहरु हुने गरेका छन् ।