दुई महिनादेखि अनमी हराउँदा स्वास्थ्य सेवा प्रभावित

1545 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – नीलकण्ठ नगरपालिका वडा न. १४ को धुवाकोट स्वास्थ्य चौकीमा अनी स्वास्थ्यचौकीमा विना सूचना अनुपस्थित हुँदा स्वास्थय सेवा नै प्रभावित भएको छ ।
वर्षको समय सडक मा यातायात साधन चल्न सक्ने अवस्था छैन । गाउँमा स्वासथयकर्मी समेत नभएपछि सुत्केरी गराउनु पर्ने विरामीहरु बोकेर सदरमुकामसम्म पुर्याउनु परेको र अनमी नहुँदा स्वास्थ्य सेवा नै प्रभावित भएको धुवाकोटका चिरन्जीवि नेपालले बताउनुभयो ।
भुकम्पपछि बस्ती पुनरनिर्माणको क्रममा छरिएर रहेका बस्तीहरुलाईएकै स्थानमा राखेर पुनरनिर्माणको योजना गर्नु पर्नेमा यसो नगरिँदा विकास योजनाहरु प्रभावित भएको सरोकारवालाहरुले बताएका छन् ।
नीलकण्ठ नगरपालिका वडा न.ं १४ को धुवाकोट भंगेरीमा सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र वडा कार्यालयको आयोजनामा संचालित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्वास्थय सेवामा नगरपालिकाले कर्मचारकिो विदा दिँदा गाउँमा समस्या परेको गुनासो गरेका हुन् ।
धुवाकोट स्वास्थयचौकीबाट साउन ९ गते सदरमुकाम हिडेपछि अनमी रचना गिरी कार्यालय फर्किनु भएन । यसपछि तिज मनाउन भदौ २६ गते जानुभएका एण्डीला भट्टराइ समेत कार्यलय नआएपछि आफू एक्लै रहेको स्वास्थयचौकी प्रमुख कमल अधिकारीले बताउनुभयो ।
स्वास्थउयचौकीमा कुनै खबर नगरि नगरपालिका कार्यालय पुगेर विदामा गएको भन्ने अनौपचारिक जानकारी भएको र आफूहरुले वडामा कुनै जानकारी नपाएको वडाअध्यक्ष फन्द्रा तामाङको भनाइ छ ।
स्वास्थ्यसेवा र तालिमप्राप्त सुत्केरी गराउने जनशक्तिलाई नगरपालिकाले स्वास्थयचौकीलाई बेवास्ता गरि विदामा पठाएको सम्बन्धमा आफूले नगरपालिकाका प्रशासकिय अधिकृतसंग छलफल गरेर समस्इा समाधान गर्ने नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी शैलेसले बताउनुभयो ।
यसैगरि सार्वजनिक सुनुवाइ कार्यक्रममा एकिकृत बस्ती निर्माण गरि पुनरनिर्माण गर्न नसक्दा सबै जनताको लागि विकास पपुर्याउन वाधा परेको सरोकारवालाहरुले गुनासो गरेका छन् । एकिकृत बस्त्ी नभएका कारण विकास निर्माणका काम गर्न समस्या पर्ने गरेको गाउँबासीको समेत भनाइ छ ।
वडाअध्यक्ष फन्द्रा तामाङको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा भुकम्प पीडितको घर भत्केर ध्वस्त भएको इन्जीनियरहरुले पुनः सर्वे समेत गरिसकेको भएपनि गुनासो समेत सम्बोधन नभएकाहरुको समस्या समाधान गर्न सहभागिहरुले माग गरेका थिए । कार्यक्रममा १ सय ४७ जनाको गुनासो सम्बोधन गरि धमाधम सम्झौता भइरहेको जानकारी दिँदै वडा अध्यक्ष तामाङले पहिलो किस्ता लगेर घर नबनाएकाहरुलाई छिटो घर बनाउन अनुरोध गर्दै प्राविधिक मुल्यांकन गरि घर निर्माणमा लाग्न गाउँबासीलाई आग्रह गर्नुभयो ।
वर्षका कारण गाउँमा सिमेन्ट, रड, गिट्टी बालुवा लगायतका सामाग्री संकलन गर्न नसकेका गाउँबासीहरुलाई अब वडा कार्यालयले छिटै सडक मर्मत गर्ने भएकोले गाउँको विकासमा लाग्न सबैलाई अनुरोध गरे ।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी शैलेसले जनताले एक कोठे घर बनाएर मात्र अनुदान लिनेहरुले साँचै आफैँ बस्नेगरि बनाएको भए भुकम्प प्रतिरोधी भवन बनाउनु पर्ने अबस्थामा रहेको बताए । साना कोठा बनाएर एक जना भन्दा बढी बस्न नमिल्ने भएकोले एक कोठाभन्दा बढी भएको सरकारले तोकेको मापदण्डमा रहेर घर निर्माण गर्न अनुरोध गर्नुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा धुवाकोट स्वास्थय चौकीमा कर्मचारी नगरपालिकाले विदामा पठाएर स्वास्थ्य सेवा प्रभावित भएको, बनेका विद्यालय अपांगमैत्री नभएको, सडक निर्माण गर्दा भूकम्प पीडितको घर समेत पुरिएर विस्थापित भएकोले समस्या समाधान गर्न सहभागिहरुले माग गरेका छन् ।

  • सीताराम अधिकारीको सहयोगमा