शान्ति नेपालका कर्मचारीद्धारा विपन्न चेपाङ वालवालिकालाई सहयोग

2009 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ का आर्थिक रुपमा विपन्न अभिभावकका छोरा छोरीलाई बिद्यालय पोशाक तथा शैक्षिक सामग्री बितरण गरिएको छ ।
बिगत १४ बर्ष देखी धादिङ जिल्लाका चेपाङ समुदायमा स्वास्थ्य सरसफाइ, सशक्तीकरण र जिबिकोपार्जनको क्षेत्रमा काम गर्दै आइरहेको संस्था शान्ती नेपालका कर्मचारीहरुद्वारा स्थापित कल्याणकारी कार्यक्रम अन्तरगत अति विपन्न परिवारका वालवालिकालाई बिद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
असोज २८  गते आईतबार गजुरी गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष अर्जुनबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य सङ्गिता चेपाङ, शान्ती नेपालका परियोजना संयोजक लालप्रसाद पोख्रेलका साथै बालबालिकाका अभिभाबकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष अर्जुनबहादुर भुजेलले आगामी दिनमा जोखिममा रहेका र खाचोमा परेका बालबालिकाहरुको पहिचान गरी वडाबाट नै कल्याणकारी कार्यक्रम सन्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । खाँचोमा रहेका बालबालिकाहरुको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले विद्यालय पोशाक र शैक्षिक सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ । विद्यालय पोशाक पाउने बालबालिकाहरुमा सुजस चेपाङ, सरोज चेपाङ, सन्तोष चेपाङ, गिता चेपाङ र बिनिता चेपाङ रहेका छन् । बालबालिकाको शिक्षाका लागी १२ कक्षासम्म नियमित रुपमा विद्यालय पोशाक र शैक्षिक सामग्री सहयोग गर्ने शान्ती नेपालका कार्यक्रम निर्देशक पिआर शर्माले वताए । कार्यक्रममा झोला, पोशाक र शैक्षिक सामग्री गरी एक जनालाइ ६५ सय रुपैया बराबरकोसहयोग गरिएको थियो ।