गजुरीवजारमा एक होटलमा आगलागी-करिब ५ लाख बराबरको धनमाल क्षति

727 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज समाचारदाता

गजुरी – धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरीवजारमा रहेको एक होटलमा कात्तिक १६ गते शुक्रवार राती आगलागी भएको छ । गजुरीबजारमा लक्ष्मण तामाङको घरमा रहेको होटलमा मासु पोल्ने क्रममा ग्याँस लिक भई आगलागी भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।

मानवीय क्षती नभएपनि घर भित्र रहेका अधिकांश सर सामान, लत्ताकपडा लगायत आगजनी हुंदा करिब ५ लाख बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ । बेलुका ७ बजे तिर लागेको आगो स्थानियवासी नेपाली सेना र प्रहरीको पहलमा करिव आधा घण्टा पछि नियन्त्रणमा आएको थियो । व्यस्त वजारमा आगलागी भएपछि वजारवासी त्रसित हुन पुगेका थिए । धादिङको राजमार्ग क्षेत्रमा एउटा पनि दमकल नभएका कारण यहाँ कतै आगलागी हुँदा जिल्ला सदरमुकाम धादिङबेसी र राजधानी काठमाण्डौंबाट दमकल वोलाउनु पर्ने वाध्यता रहेको छ ।

तस्बिर :  दिलवहादुर रम्तेलको फेसबुकवालबाट