फूलखेतीमा फाइदैफाइदा

925 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ — राजधानीसँग जोडिएका गाउँबस्तीका किसानलाई यतिबेला सयपत्री फूल टिप्न र माला गाँस्ने व्यस्त छन् ।

तिहारका लागि माला र फूल खरिद गर्न गाउँबस्तीमै व्यापारी आउनथाले पछि किसानलाई भ्याइनभ्याइ भएको हो ।

बालीनाली नफल्ने खेर गएका कान्ला बारीमा पनि किसानले सयपत्री, गोदावरी र मखमली फूल रोपेका छन् । राजधानी नजिकैका नौबिसे, छत्रेदेउराली, जीवनपुर, खानीखोला, थाक्रे, लगायतका क्षेत्रमा बालीनाली नलाग्ने पाखा जग्गामा फूलको खेती गरि किसानले आयआर्जन गर्दैछन् कान्तिपुर डेलि डट कमले खबर लेखेको छ ।

पर्यटन विकासका लागि होम स्टेमा लगानी गरिएको नीलकण्ठ नगरकै वडान १ पात्लेमा स्थानीय व्यावसायिक रूपमा सयपत्री फूलखेती लागेका छन् । होमस्टेका अभियन्ता शेरबहादुर गुरुङले पात्ले बस्तीमा होमस्टेको प्रचारप्रसार र प्रवद्र्धनमा कठिनाइ भएपछि स्थानीय गुरुङ समुदाय फूलखेतीमा आकर्षित भएको बताए । ‘सिँचाइ नभएकाले वर्षेबालीमा १० पाथी कोदो नफल्ने यो पाखोमा यसपाला ५० हजारभन्दा बढीको सयपत्री फूल बेचियो,’ उनले भने, ‘दुई हजारको पनि कोदो फलाउन कठिन थियो ।’

खेर गएको जग्गामा नगदेबालीका रुपमा फूलखेती गरेको देखेर अन्य किसान पनि फूलखेतीतर्फ आकर्षित भएका छन् । असारमा बीउ रोपेर सुरु गरिने सयपत्री फूलले ५ महिनामै आम्दानी दिन थाल्छ । वर्षभरिमा २/४ हजार रुपैयाँको आम्दानी गर्न कठिन हुने बारीमा ५०/६० हजार आम्दानी हुने भएकाले गाउँबासी यसतर्फ हौसिएका हुन् ।