धादिङ अस्पतालको चरम लापरवाही : एचआईभी सर्ने डरले डाक्टरले गरेनन् पोस्टमार्टम

1414 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२५  कात्तिक – एचआईभी संक्रमित महिलाले विष सेवनबाट आत्महत्या गरेपछि उनको पोस्टमार्टम गर्न जिल्ला अस्पतालका डाक्टारले इन्कार गरेका छन् ।

अवश्यक उपकरण र पोस्टमार्टम गर्दा लगाउने सुरक्षा दिने किसिमको कपडालगायतका सामाग्री नभएकोले शिक्षण अस्पतालमा प्रेषण गरिएका डाक्टर पुष्कर पन्तले संचारकर्मीहरुसँग आक्रोसित हुँदै भन्नुभयो ‘म गर्न सक्दिन भनेपछि किन धेरै सोधिखोजी गर्न आएको ? एचआईभी संक्रमित भएकोले मलाई सर्ने खतरा हुन्छ त्यसैले शिक्षण अस्पतालमा रिफर गरिएको हो ।’

जिल्ला अस्पताल धादिङमा छुट्टै शव गृह नभएको र लास राखिने चिस्यान केन्द्र (फ्रीज) नभएकोले लामो समय राखिने शवका कारण दूर्गन्ध फैलिने गरेको छ ।

नीलकण्ठ नगरपालिका वडा नं ५ की एचआईभी संक्रमित ३७ वर्षीया कोपिला श्रेष्ठले घरका तरकारी बालीमा हाल्न ल्याइएको किटनाशक औषधि खाएपछि शुुक्रबार उपचारको लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको थियो ।

काठमाडौं लैजाँदै गर्दा धार्के बजारमा पुग्दा मृत्यु भएपछि प्रहरीले जिल्ला अस्पताल फर्काएको थियो । जिल्ला अस्पतालले पोस्टमार्टम नगर्ने भनेर रिफर गरेका कारण उनको शवलाई शनिबार काठमाडौं शिक्षण अस्पताल लगिएको मृतकका श्रीमान शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

विसं २०६२ सालतिर एचआईभी संक्रमण भएकी कोपिलाको २०६६ सालमा मा शंकरसंग विवाह गर्दा नियमित औषधी सेवन गरिरहेकी थिइन् । कोपिलाले आत्महत्या गर्नुको कारण अनुसन्धानपछि मात्रै थाहा हुने जिल्ला प्रहरी कार्यालयले जनाएको उज्यालो अनलाइनले खबर लेखेको छ ।