गौथलेमा वोक्सी आरोपमा बृद्धालाई कुटपिट,सेनाका जवाननै कुटपिटमा संलग्न

749 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२ मंसिर – धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका ४ गौंथलेमा ६७ बर्षिया एकल महिला लाई बोक्सीकोआरोपमा मलमुत्र खुवाई निर्घात कुटपीट गरिएको छ ।
बोक्सी आरोपमा ६७ वर्षिया एकल महिला लाई मानसिक तथा शारीरक यातना दिने चार जना लाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको छ ।
पीडित परिवारका अनुसार बृद्ध महिलालाई कार्तिक २८ गते साँझ ७ बजे बोक्सी आरोपमा मलमुत्र खुवाई निर्घात कुटपीट भएको हो । कुटपीट गर्नेहरुमा ४५ वर्षिय हर्कबहादुर पुलामी, ६३ वर्षिय खोलबहादुर पुलामी र ५५ वर्षिय थम बहादुर मगरका साथै नेपाली सेनाको पुर्वि पृतना राजदल गणमा कार्यरत धनबहादुर मगर रहेका छन । तिहार मनाउन घर विदामा आएका मगरले आफू लाई मुटु दुखेको र सेतिमाया मगरले बोक्सी बनेर मुटु खान खोजेको भन्दै आरोप लगाई मरणासन्न हुने गरी कुटपिट गरेको र गाउँमा झारफुक गरी हिंडने अरु तीन जनालाई वोलाएर वोक्सी हो भन्न लगाई कुटपिट गर्दै मलमुत्र खुवाएको पिडित परिवारले जनाएको छ ।
एकल बृद्ध महिलालाई वोक्सीको आरोपमा मानसिक तथा शारीरिक यातना दिने कार्यमा संलग्न भनिएका चारै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।
कुटपीटबाट गम्भिर घाइते भएकी बृद्धालाई जिल्ला अस्पताल धादिङमा प्राथमिक उपचार पछि उनलाई थप उपचारका लागि काठमाडौंको स्टार अस्पतालमा भर्ना गरिएको छ ।
पीडित बृद्धाकी नातिनी जुना मगर पौडेलका अनुसार वोक्सीको आरोपमा कुटपिट गर्ने मुख्य योजनकारका रुपमा सेनाका जवान रहेको र उनको योजनामा कुटपिट र मलमुत्र खुवाउने काम भएको हो ।
घटनामा संलग्न सेनाका जवान मगर शुरुमा भागेका थिए । गाउँले र प्रहरीको सक्रियतामा उनलाई घटना भएको केही बेरमै पक्राउ गरिएको हो । पीडित परिवारका अनुसार घाइते सेती मायालाई गोबर र दुवो समेत खुवाइएको उनका आफन्तहरुले आरोप लगाएका छन । घटनाका बिषयमा आरोपिहरुलाई थुनामा राखि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आरोप पुष्टि भएमा पाँच बर्ष सम्म कैद र जेल सजायँ हुन सक्ने कानूनी व्यवस्था रहेको छ ।