महिलालाई उद्यमी बनाउँदै जनआकांक्षा महिला सहकारी

997 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- महिलाहरूको आर्थिक पहुँचमा वृद्धि गरी विकासको मूलधारमा ल्याउने लक्ष्यसहित २०६५ सालमा गठन गरिएको जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड आदमघाट धादिङले ले महिलाहरूको आकांक्षा पूरा गरेको छ । महिलाहरूबाटै थोरैथोरै पुँजी संकलन गरेर महिलाहरूलाई उद्यमी र व्यवसायी बनाउन पुँजी परिचालन गरिएको अध्यक्ष सीता दुवाडीले बताइन् ।
३० जना साथीबाट सुरु गरेको संस्थामा अहिले ३ सय १६ जना पुगेका छौं । अझ बढ्ने क्रम जारी छ । संस्थाले महिलाहरूलाई उद्यमी र व्यवसायी बनाइ आर्थिक पहुँचमा वृद्धि गरी आर्थिक समृद्ध हासिल गर्न सहयोग पु¥याउन बिनाधितो ३ लाखसम्म साक्षीजवानीमा ऋण दिँदै आएका छौ । पछिल्लो समय लघुवित्तको नाममा गाउँ–गाउँ पुगेका वित्तीय संस्थाहरूले चर्को ब्याजदर र ऋण लगानीसँगै निश्चित प्रतिशत काटेर राखेका खबरहरू आएका छन् । हाम्रो संस्थाले त्यस्तो गर्दैन बचतमा ८ देखि १० प्रतिशत र ऋणमा १५ प्रतिशत ब्याज तोकेका छौ दुवाडीले बताइन् ।

संस्थामा ३४ लाख ९ हजार सेयर पुँजी, १ करोड ५७ लाख ७४ हजार ३ सय ७७ रुपैयाँ बचत संकलन गरी २ करोड १४ लाख ३९ हजार ६ सय ४२ रुपैयाँ लगानी गरी १३ लाख २५ हजार मुनाफा कमाएको प्रवन्धक हरिराम खतिवडाले बताए ।
संस्थाले १ सय ५६ जनालाई बिनाधितो ऋण प्रवाह गरेको र बजार क्षेत्रमा दैनिक बचत संकलन गर्ने गरेको छ । संस्थाको कार्यक्षेत्र, गल्छी गाउँपालिका–२, ३ र ४, सिद्धलेक गाउँपालिका–६ र ७ गजुरी गाउँपालिका–५, ६, ७ र ८ छन् । सहकारी संस्थाका कार्यालय गजुरी गाउँपालिका–६ आदमघाटमा पर्छ कारोवार दैनिकले खबर लेखेको छ ।