बुङकोटघाटको जात्रामा झडप, जात्रा धादिङमा झडप गोरखामा

2109 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मंसिर ३ -धादिङ्ग र गोरखा जिल्लाको सिमानामा पर्ने बुंकोट घाँटमा एकादशी मेलामा  सहभागी भएका युवाहरु बिच झडप हुंदा १ जना प्रहरी घाईते भएका छन् ।  झडपका क्रममा  ४ मोटर साईकल र ३ बोलेरो जिपमा समेत क्षति पुगेको छ ।
जात्रा लागि रहेको बेला एक्कासी गोरखा तर्फका कमल कुमालले क्यामुनटारबाट केही युवाहरु लिएर धादिङ तर्फका युवाहरुलाई आक्रमण गरे पछि जात्रामा ठुलै झडप भएको वताईएको छ ।दुई समूहका बिच झडप भएपछि नियन्त्रणका लागि गएका  अस्थायी प्रहरी चौकी साँध भञ्ज्याङ धादिङका  इन्चार्ज ( असई ) विनय कुमार पाण्डे घाईते भएका छन । उनको टाउकोमा चोट लागेको वताईएको छ ।

झडप पछि भाग्दै गएका गोरखा तर्फका युवाहरुलाई पछ्याउँदै गएको समूहले  गोरखाको क्यामुनटारमा पार्किङ्ग गरेर राखीएको ४ वटा मोटर साईकल र ३ वटा बोलेरो जिपमा समेत क्षति क्षती पु¥याएको  जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।सोमबार बिहान २:३० देखी ३ बजे सम्म भएको  झडपमा परी के कति क्षति तथा को को घाईते भएका छन भन्ने बारेमा बुझन बिहानै देखी धादिङ र गोरखा बाट ठुलो संख्यामा प्रहरी परिचालन भएको छ । प्रहरीले घटनामा संलग्नहरुको ब्यापक रुपमा खोजी गरी रहेको छ ।दुवै समूहको युवाहरु बिच झडपमा ढुङ्गा हाना हान भएको स्थानियले बताए । जात्राको समयमा गोरखा र धादिङ जिल्लाबाट सुरक्षाका लागि सामान्य प्रहरी परिचालन हुदाँ यो घटना भएको स्थानियको आरोप छ । बर्षेनी एकादशी जात्रामा ठुलो संख्यामा युवाहरुको उपस्थिती हुने र मदिरा सेवन गरी झगडा गर्ने गर्दछन । जात्रामा लाखौंको जुवातासको खेल समेत हुने गर्दछ ।

घटनामा संलग्न कोही कसैलाई पनि दुवै जिल्लाको प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । स्थानियले दिएको जानकारी अनुसार ७ देखी ८ वटा मोटर साईकलमा क्षति पुगेको छ । धादिङ्गको सिम्ले र गोरखाको नामजुङ्ग संग जोडीएको बुंकोट घाँटमा बर्सेनी ठुलो एकादशीको बेला मेला लाग्ने गर्दछ ।

  तस्बिर : सु्शासन श्रेष्ठको फेसबुक वालबाट