धादिङमा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात

1811 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ,९ मंसिर – लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात धादिङबेसीमा आइतबार (२५ नोभेम्बर) प्रभातफेरी, लैंगिक हिंसा र मानवअधिकार सम्बन्धी छलफल र नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ को प्रकाशनपूर्व समीक्षा कार्यक्रम आयोजना गरि गरिएको छ ।
मानवअधिकार संरक्षण र लैंगिक हिंसा विरुद्धको अभियान स्थानीय तहबाट समेत लागेर गर्नु पर्ने जिल्ला समन्वय समितिका उपप्रमुख बिन्दा बरामु नेपालीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महिलामाथी हुने हिंसाका घटना जिल्ला तहमा आधाभन्दा बढी रहेकोले सबै जना जुटेर, एकता वद्ध भएर मानवअधिकारको लागि लाग्न आग्रह गरिन् । सरकारले महिलामाथी हुने हिंसालाई सरकारलेमात्र नभइ टोलटोल र स्थानीय सरकारले समेत सून्य सहनशिलता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामकुमार महतोले लैंगिक हिंसामा महिलामाथी सबैभन्दा बढी हिंसा हुने गरेकोले प्रहरी, सामाजिक अगुवा सबै मिलेर अभियान चाल्नु पर्नेमा जोड दिनुभयो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले घरमा, कार्यस्थलमा मानवअधिकार संरक्षण र लैंगिक हिंसा विरुद्ध प्रतिवद्धता जाहेर गर्नु आग्रह गर्दै आफूले समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि संकलित घटनाहरुका बारेमा इन्सेकका प्रतिनिधि सीताराम अधिकारीले महिलामाथी हुने हिंसा र यौनजन्य दुरव्यवहारका घटना बढ्दै गएको तथ्यांक प्रस्तुती गर्नुभएको थियो ।
नीलकण्ठ नगरपालिका, जिल्लामा क्रियाशिल सहयात्री समाज, इन्सेक, महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजल, प्रयास नेपाल, आइसिडिसी लगायतका संस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।
बालबालिकामाथीको बलात्कार ११, यौनजन्य दुरव्यवहार १, बालबालिकामाथी कुटपिटबाट ७ जना पीडित भएका छन् । यसैगरि महिला बलात्कारका ७, बलात्कार प्रयासका ४, बहुविवाह १, बोक्सी आरोपमा २, घरेलुहिंसाका घरेलु हिंसाका १० घटनाहरु वर्ष पुस्तकका लागि समाबेश रहेको सो अबसरमा जानकारी गराइएको थियो ।