उत्तरी धादिङलाई नमुना पर्यटकिय क्षेत्र वनाईने

578 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौ । नयां पर्यटकिय पदमार्गका रुपमा विकास हुंदै गएको धादिङबेसी तिप्लिङ गणेशहिमाल क्षेत्रमा पर्ने विभिन्न स्थानमा सामुदायिक लजको निर्माण गरिने भएको छ । धादिङ जिल्लाको P1010871उत्तरी भेगमा पर्ने मनोरम बस्ती, प्राकृतिक श्रोत साधन,स्थानीय संस्कृती र हिमश्रृङखलाहरुलाई समेटेर  तयार पारिएको (रुवी भ्याली)गणेश हिमाल  पर्यटकिय क्षेत्र विकासका लागि पर्यटन व्यवसायीहरुले पदमार्गमा सात वटा स्तरीय सामुदायिक लज निर्माण गर्ने प्रस्ताव अघि सारेका हुन ।
उत्तरी धादिङका बस्तिहरुमा सम्भावना र अवसरहरुको खोजी गर्दै त्यस क्षेत्रलाई मा  पर्यटकिय गन्तव्य वनाउन विभिन्न गतिविधि संचालन गर्न दुई बर्ष अघि स्थापना भएको गणेश हिमाल पर्यटन विकास समिति गठन भई कृयाशिल रहेको छ ।
समितिले शनिवार काठमाण्डौको ठमेलमा धादिङ र काठमाण्डौमा रहेका धादिङे पत्रकार र पर्यटनव्यवसायीहरुका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष कुलवहादुर गुरुङको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा धादिङ जिल्लामा रहेको पर्यटकिय सम्भावना वोकेका स्थान र क्षेत्रहरुको प्रचार प्रसारमा व्यवसायी र पत्रकारहरुका बिच सहकार्य गर्ने सहमती बनेको छ । कार्यक्रममा धादिङ जिल्लाका व्यक्तिहरुले  पर्यटकिय क्षेत्रमा राम्रो पकड जमामएपनि जिल्लाको लागि केही गर्न नसकेको स्विकार गरेका थिए । ठमेल क्षेत्रमा मात्र ट्रेकिङ,राफ्टिङ,होटल,ट्राभल लगायतमा  दुई सय भन्दा वढी पर्यटन व्यवसायी कृयाशिल रहेको समितिका अध्यक्ष गुरुङले कार्यक्रममा वताए । समितिले जिल्लाको उत्तरी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेपनि जिल्लाको सवै क्षेत्रमा पर्यटकिय महत्वका गतिविधि संचालन गर्दै जाने भएको छ ।