नेकपाको प्रदेश कमिटि गठन-धादिङ जिल्ला कमिटीका अध्यक्ष र सचिव पदका दावेदारनै प्रदेश कमिटीमा

2320 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले ७ वटै प्रदेशका सदस्यहरुको नाम सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गत १२ गते बसेको सचिवालय बैठकले तय गरेका सातै प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले सोमबार सार्वजनिक गरेको प्रदेश कमिटीको सूचीमा धादिङबाट १२  जना नेता परेका छन । नेकपा महासचिव विष्णु पाैडेलले सार्वजनिक गरेको सूची अनुसार पूर्व एमालेबाट ७ जना र पूर्व माअोवादीबाट ५ जना नेता प्रदेश कमिटीमा मनोनयन भएका छन । जसमा नेकपा एमालेका संस्थापक देखि  प्रतिनिधिसभा र प्रदेश सभाका  सांसददेखि स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा विजयी भएका र पराजित भएका नेताहरूसमेत रहेका छन ।

नेकपाले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज भने तोकिसकेको छ ।पार्टी महासचिव विष्णु पाैडेलले हस्तारक्षरसहित सदस्यकाे नाम सार्वजनिक गर्नुभएकाे हो ।

२ सय १७ सदस्यिय ३ नम्बर प्रदेश कमिटिमा नेकपा एमालेबाट ११६ र तत्कालिन मओवादी केन्द्रबाट १०१ जना रहेका छन । ३ नम्बर प्रदेश कमिटिमा धादिङ जिल्लाबाट तत्कालिन नेकपा एमालेका भुमी त्रिपाठी,डाक्टर राम कुमार अधिकारी,रामप्रसाद अधिकारी, नेत्रराज पौडेल,जानुका सिंखडा, गुरुप्रसाद बुर्लाकोटी,  र तत्कालिन माओवादी केन्द्रका रामबहादुर भण्डारी,मनराज भण्डारी,शम्भु श्रेष्ठ,दिपा सिंखडा,धन बहादुर बुर्लाकोटी प्रदेश कमिटीमा मनोनित भएका छन् ।  धादिङ जिल्ला कमिटीका अध्यक्ष र सचिव पदका दावेदार भनिएका नेताहरुको नामनै प्रदेश कमिटीमा परेपछि कार्यकर्ता वृतमा भने नेकपा धादिङको जिल्ला कमिटी कस्तो वन्ला भन्ने चर्चा परिचर्चा शुरु भएको छ । ७ वटै प्रदेश सदस्य मंसिर १२ गते नै छिनोफानो गरे पनि त्यसलाई सोमबार मात्र सार्वजनिक गरेको हो ।

यी हुन्  ७ वटै प्रदेशका सदस्यहरु