राजधानी अनलाइनको सम्पादकमा लम्साल नियुक्त

881 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 काठमाडौ । राजधानी न्युज पव्लिकेशन प्रालिद्धारा प्रकाशित राजधानी दैनिकको अनलाइन संस्करण www.rajdhanidaily.com को सम्पादकमा धादिङका ध्रुव लम्साल नियुक्त भएकाछन् ।

राजधानी दैनिक व्यवस्थापनले लम्साललाइ २६ मंसिर देखि लागु हुनेगरी अनलाइनको सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । राजधानी दैनिकमा स्थापनाकालदेखि कार्यरत लम्सालले पछिल्लो समय अनलाइन संस्करणमा समेत समाचार संयोजकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

लम्सालको नियुक्तिले अनलाइन संस्करण थप उचाइमा पुग्ने राजधानी न्युज पव्लिकेशनका अध्यक्ष तथा प्रवन्ध निर्देशक महेन्द्र शेरचनले बताए ।

लामो समयदेखि पत्रकारितामा कृयाशिल लम्साल अनुभवी र सिर्जनशिल क्षमता भएका व्यक्ति भन्दै राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्यले उनको नेतृत्वले अनलाइन अझ प्रभावकारी बनाउनेमा आफु विस्वस्त रहेको बताए ।

लम्सालले आफुले पाएको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने बताउदै अनलाइनलाई नया उचाइमा पुर्याउन कुनै कसर वाँकी नराखने प्रतिवद्धता व्यक्त गरे ।
धादिङको निलकण्ठ नगरपालिका–९ ,  निगालपानीका लम्साल नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको पुर्व सचिव समेत हुन । लम्सालसंग स्पेसटाइम दैनिक, राजधानी दैनिक, नयाँ पत्रिका दैनिक, अनलाइनखवर डट कम लगायतका मुलधारका संचारमाध्यममा २० बर्षभन्दा वढी काम गरेको अनुभव छ ।