सामुदायिक वनको आम्दानी विपन्न वर्गलाई

479 पटक पढिएको

सम्पादक: Dhadingnews.com

शिशिर सिंखडा
चितवन,शक्तिखोर । पूर्वी चितवनको जनप्रगति सामुदायिक वन उपभोक्ता समुह शक्तिखोरले समुहमा प्राप्त आम्दानी गरिब एवम् विपन्न परिवारको जिवनस्तर उकास्न सहयोग गरेको छ ।
वि.स.२०५८ सालमा स्थापना भई २०६० मा हस्तान्तरण भएको सो वन समुहले आफनो समुह भित्र रहेका विपन्न,गरिब एवम् आयस्तर कम भएका बर्गको पहिचान गरि उनीहरुको आयआर्जन एवम् आर्थिक उपार्जनमा सहयोग गर्दै आएको हो । DSC01742
वन समुहले हाल सम्म १५ लाख रुपैया भन्दा बढि रकम विपन्न बर्गको उत्थानको लागि लगानी गरिसकेको समुहका अध्यक्ष लेख बहादुर थापाले जानकारी दिनुभयो । गत आर्थिक बर्षमा मात्रै समुहले ५लाख रुपैया भन्दा बढि सहयोग गरेको उहाँले बताउनु भयो । २ सय ७० घरधुरी रहेको यस समुहका विपन्न उपभोक्ता मध्य हाल सम्म समुहले विपन्नलाई आवास कार्यक्रम अन्र्तगत १९ जना उपभोक्तालाई घर निर्माण गरिदिएको छ । समुहको १७ हजार रुपैया अनुदान र ३ हजार रुपैया उपभोक्ताको गरि घर निर्माण सम्पन्न गरिएको हो । त्यसैगरि वायोग्यास प्लान्ट अन्र्तगत समुहले ६ हजार रुपैया,रेड कार्यक्रम वाट ६ हजार २ सय ५० र जिल्ला वन समन्वय समितिवाट ५ हजार अनुदान दिई १५ घरधुरीमा प्लान्ट निर्माण सम्पन्न गरिएको सुमहकी कार्यालय सचिव हुमकुमारी थापाले जानकारी दिनुभयो ।
विपन्न परिवारका उपभोक्ताको समुह वनाएर हाल सम्म २८ जना उपभोक्तालाई आयआर्जनको कार्यक्रम अन्र्तगत निशुल्क बाख्रा वितरण गरिएको छ । त्यसैगरि सोही कार्यक्रम अन्र्तगत ३५ जना उपभोक्ताहरुलाई ५ हजार रुपैया समुहको अनुदान र ५ हजार उपभोक्ताको गरि सयुक्त लगानीमा पाडापाडी खरिद गरि आयआर्जनमा टेवा प¥याईएको कार्यालय सचिव थापाले जानकारी दिनुभयो । समुहका ५ जना उपभोक्तालाई बंगुरुपालन,१० जनालाई तरकारी खेतीको लागि अनुदान रकम उपलब्ध गराई उनीहरुको आयआर्जनमा टेवा पु¥याईएको समुहका सल्लाहकार संयोजक माधव बस्नेतले बताउनु भयो । त्यसैगरी समुह भित्रका १५ जना एकल महिला र १० जना बृद्धबृद्धालाई सम्मान स्वरुप भत्ता समेत उपलब्ध गराईएको समुहका लेखा संयोजक पूर्णबहादुर पुरीले जानकारी दिनुभयो ।
हाल सम्म समुहले १सय २५ भन्दा बढि उपभोक्ताहरुलाई आर्थिक उपार्जन एवम् आयआर्जन कार्यक्रममा सहयोग गरिएको समुहका अध्यक्ष थापाले जानकारी दिनुभयो । विगतका समयमा वन जंगलमा निर्भर रही जिविकोपार्जन गर्ने उपभोक्ताहरु अहिले वाख्रापालन,तरकारी खेती,बंगुरपालन,पाडापाडी पालन लगायतका कार्यक्रममा लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । समुहले हरेक बर्गलाई समेटी केही न केही सहयोग गरेको र आगामी दिनमा पनि विपन्न समुदायको जिवनस्तर उकास्न समुहले सक्दो सहयोग गर्ने अध्यक्ष गापाले बताउनु भयो । विगतका समयमा समुह क्षेत्रमा काठ,दाउरा चोरीहुने गरेकोमा अहिले उपभोक्ताहरु समुहको नर्सरीवाट विरुवा लगेर वन क्षेत्रमा लगाउने गरेका छन । उनीहरुले बास,अम्रीसो,तेजपत्ता लगायतका विरुवाहरु बन क्षेत्रमा लगाई गोडमेल गर्दै आएकोले चोरी तस्करी एक प्रतिशत भन्दा पनि कमि रहेको अध्यक्ष थापाले बताउनु भयो ।
पूर्वी चितवनकै नमुनाको रुपमा विकसित हुदै गएको जनप्रति साुमदायिक वनले अहिले विपन्न बर्गको आयआर्जनमा उल्लेख्य सहयोग पु¥याउदै आएको शक्तिखोर रेन्जपोष्टका ईन्चार्ज सहायक वन अधिकृत गणेशचन्द्र देवकोटाले बताउनु भयो । जिल्ला बन कार्यालयले समुहलाई आवश्यक पर्ने प्राविधिक सहयोग एवम् वायोग्यासको लागि र आयआर्जन कार्यक्रम अन्र्तगत पाडापाडी वितरण कार्यक्रममा सहयोग गरेको उहाँले बताउनु भयो । विपन्न समुदायको उत्थानमा यो सामुदायिक वन यस क्षेत्रकै उत्कृष्ट रहेको उहाँको भनाई थियो ।