नुवाकोटको घ्याङफेदीमा मिनिट्रक दुर्घटना, १६ जनाको मृत्यु

963 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट, २८ मंसिर -नुवाकोट जिल्लाको उत्तरीभेगको विकटमा रहेको घ्याङफेदीमा शुक्रबार दिउँसो मिनिट्रक दुर्घटना हुँदा ट्रकमा सवार १६ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाईते भएका छन् । दुप्चेश्वर गाउँपालिका वडा नं १ मा शिखरबेसीबाट घ्याङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नंबरको मिनिट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । नुवाकोटका प्रहरी नायब उपरिक्षक भिम भट्ठराइका अनुसार अहिलेसम्म घटनास्थलबाट १६ जनाको शव भेटिएको रअहिले उद्दार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न पनि सक्ने भट्टराईले जानकारी दिनुभयो ।
शिखरबेसीबाट दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को सिसिपु तर्फ जाँदै गरेको सो मिनिट्रक घ्याङफेदीको घ्याङडाँडा भीरबाट करिब ४०० मिटर तल खसेर सो दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईका अनुसार दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्दछ । प्रनाउ भट्टराई र नुवाकोट जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माको नेत्तृत्वमा प्रहरी तथा उद्धारटोली घटनास्थल तर्फ गएको छ । स्थानीयवासीले उद्धार गरिरहेका छन भने खरानीटार प्रहरी चौकीबाट गएको प्रहरी टोली घटनास्थल पुगेको छ ।
गाउँमा भएको घेवामा सहभागि भएर फर्किएका ४० जना भन्दा बढी गाउँलेहरु चढेको सो मिनि ट्रक उकालोवाटोमा गएर अनियन्त्रित भई पल्टिंदा १६ जनाको घटना स्थलमानै मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ । स्थानीय लालबहादुर तामाङका अनुसार घटनास्थल सदरमुकाम विदुरबाट ४० किलोमिटर उत्तरतर्फ पर्दछ । तामाङका अनुसार दुर्घटनामा शिखरबेसीस्थित घ्यावामा गएर फर्किएकाहरु परेका हन् ।