लागूऔषध चरेश सहित धादिङका २ जना हेटौंडाबाट पक्राउ

884 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हेटौंडा  बसपार्कबाट १० किलो २०० ग्राम लागूऔषध चरेश सहित धादिङका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष टोलिले सुचनाको आधारमा हेटौंडा बसपार्क स्थित सडकको पुर्व किनारामा हिंडिरहेको अवस्थामा धादिङ गजुरी गाऊपालिका ८ बस्ने  ३२ बर्षिय सुर्यबहादुर तामाङ र भक्त बहादुर तामाङलाई   चरेश सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 अनुसन्धानको क्रममा उक्त चरेश धादिङको गजुरी ८ बस्ने भक्त बहादुर तामाङले गल्छिबाट  हेटौडा बसपार्क सम्म ल्याई दिनु भनि  सुर्यबहादुरलाई  भनेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरु दुवैलाई बसपार्कबाट पक्राउ गरी लागूऔषध ऐन २०३३ अनुसार कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।