निगालपानीमा ट्रक पल्टिंदा एक जनाको मृत्यु

1629 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १८ पुस – धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ९ निगालपानीमा बुधवार दिउँसो ट्रक पल्टिंदा एक जनाको ज्यान गएको छ । तीन जना घाईते भएका छन् ।
मुरलिभञ्ज्याङ्गबाट काफलपानी तर्फ जाँदै गरेको बा४ख ८६५८ नम्वरको आईचर ट्रक बुधवार दिँउसो ५ वजे तिर सडकबाट करिव तीस मिटर तल खोल्सामा खसेको थियो । ग्रामीण कच्चि सडकमा अत्याधिक गतिमा ट्रक चलाएका कारण अनियन्त्रित भई पल्टिन गएको अनुमान गरिएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा ज्वालामुखी गाउँपालिका वडा नम्बर १ बस्ने ५५ बर्षीय रिम्के दमै रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।रिम्केको उपचारको क्रममा धादिङ अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परि ट्रकचालक ज्वालामुखी गाउँपालिका वडा नम्बर १ बस्ने ३० बर्षीय भरत विक गम्भिर घाइ्र्रते भएका छन् । उनको टाउँकोमा गम्भिर चोट लागेको छ। यसैगरी दुर्घटनामा परि सोहि स्थान बस्ने ६० बर्षिय टिका बहादुर श्रेष्ठ, ६० बर्षीय बुद्ध कुमारी शाक्य, ५५ बर्षिय राधिका परियार र १५ बर्षका राजु परियार घाईते भएका छन् । घाईते मध्ये टिका बहादुर श्रेष्ठको अवस्था गम्भिर रहेको छ भने बाँकि अन्य दुईको अवस्था भने सामान्य रहेको छ । घाईते तीन जनालाई उपचारका लागी काठमाण्डौ पठाईएको छ ।