गजुरीबाट दुई सय पैतिस किलो ग्राम चरेस सहित दुई जना पक्राउ

1873 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको गजुरीबाट प्रहरीले दुई सय पैतिस किलो ग्राम लागु औषध चरेस सहित दुई जनालाई पक्राउ गरेको छ । लुकाई छिपाई गरेर चरेस विक्रिका लागी भारत तर्फलैजादै गरेको अवस्थामा प्रहरीले  सुराकीको आधारमा अबैध लागु औषध चरेस सहित प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

 

विहीवार विहान काठमाण्डौबाट भारततर्फ जाँदै गरेको कन्टेनर ट्रकमा लोड गरी अबैध लागु औषध चरेस लैजादै गरेको अवस्थामा  नेपालको पर्सा जिल्ला पटेवा सुगौलीका ५० वर्षीय महमद गद्दि र भारतको उत्तर प्रदेश स्थित एकानिघौली टिकापुरग्राम निवासी ३० बर्षीय सतेन्द्र सिंह बेघल  पक्राउ परेको  प्रहरीले जनाएको छ । ठुलो परिणाममा लागु औषध चरेस राजमार्गबाट  निकासी हुंदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ ,ईलाका प्रहरी कार्यालय गजुरी र लागु औषध नियन्त्रण ब्युरो  काठमाण्डौ बाट खटी आएका प्रहरीले टोलीले पुस १९ गते विहान ३ वजेको समयमा १२ वटा प्लाष्टिकका वोरामा पोका वनाई राखेको अवस्थामा सो लागु औषध चरेस पक्राउ गरेको हो ।पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङले विहीवार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनिहरुलाई जिल्ला अदालतबाट म्याद लिई एक हप्ता न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिने धादिङका प्रहरी प्रमुख ( एसपि) डम्बरवहादुर विकले जानकारी दिनु भयो ।

एच आर ३एसएस ९३७१ नम्वरको कन्टेनरमा लुकाई छिपाई चरेस लोड गरेको सुराकी आए पछी ब्युरोका टोलीले उनिहरुलाई पिछा गर्दै गजुरी बजार नजीकै पुगेपछि जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालय गजुरीको सहयोगले उनिहरुलाई पक्राउ गर्न सकिएको लागु औषध नियन्त्रण व्युरोले जनाएको छ । यसरी पक्राउ गरेको लागु औषध चरेस वर्षकै यो बर्षको अहिले सम्मकै सबै भन्दा धेरै परिमाणको भएको प्रहरीले जनाएको छ ।पक्राउ परेका व्यक्ति र ट्रकलाई ईलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा राखेको छ ।