धादिङको गजुरीबाट चार किलो सुन सहित तीन जना पक्राउ

1378 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ,२० पुस – धादिङको गजुरी स्थित पृथ्वीराजमार्गबाट विहीवार राती अबैध चार किलो सुनसहित तीनजना पक्राउ परेका छन् ।
बिहीबार राति पौने १० बजेतिर गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा न.ं ३ का २७ वर्षीय संजित वाइवा, नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा न.ं ५ का २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक डम्बरबहादुर बि.क.ले बताउनुभयो ।
पृथ्वीराजमार्गमा प्रहरीले सवारी साधन चेकजाँचको क्रममा धादिङको गल्छीबाट मलेखुतर्फ जाँदै गरेको दुई मोटरसाइकलबाट अबैध चार किलोग्राम सुन सहित तीन जनालाई पक्राउ गरेको हो ।
उनीहरु आएको बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक विश्वकर्माले जानकारी दिनुभयो । उहाँका  अनुसार पक्राउ परेका तीन जनालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग संग समन्वय गरी कारवाही गर्ने  प्रहरीले जनाएको छ ।
प्रहरीले सुन र मोटरसाइकल बरामद गरी पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेको छ ।

तस्बिर गुगलबाट साभार गरिएको हो ।