धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रवहादुर खत्री (रामशरण) प्यानल सहित विजयी

1304 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रवहादुर खत्री (रामशरण) विजयी भएका छन् । अध्यक्ष पदका प्रत्याशी बिष्णु थपलियालाई ४२ मतको अन्तरले पराजित गर्दै खत्री अध्यक्षमा  प्यानल सहित विजयी भएका हुन । खत्रीले ६ सय ५४ र थपलियाले ६ सय १२ मत ल्याएका छन् । संघको नवौं अधिबेशनले खत्रीको अध्यक्षतामा नयाँ नेत्तृत्व चयन गरेको हो । अध्यक्ष पदमा विजयी भएका खत्री धादिङ जिल्लाका पुराना व्यवसायी हुन । कार्य समिति चयनका लागि आईतबार भएको निर्वाचनको सोमबार सांझ सकिएको मतगणनाबाट कार्य समितिको सदस्यहरुमा महिला सदस्य तर्फ बिष्णु श्रेष्ठ,मनमाया गोतामे र गीता पाठक,वाणिज्य सदस्यमा राजेश अधिकारी र रामकुमार शाह,उद्योग सदस्यमा राजाराम सिलवाल,अजय त्रिपाठी र बिष्णुमणि श्रेष्ठ विजयी भएका छन् ।
यसै गरी सदस्यहरुमा खुल्ला तर्फबाट इश्वरप्रसाद कोईराला,सुदिप रसाईली, शंकर पण्डित,लोकनाथ डल्लाकोटी, विश्वराम दुवाडी,रामकुमार डल्लाकोटी, किरणचन्द्र रावल,नृपेश न्यौपाने विजयी भएका छन् भने बस्तुगतबाट गोविन्द भण्डारी र रमेशभाई अधिकारीका साथै एशोसियट सदस्यमा सुरेन्द्र श्रेष्ठ र पुष्पराज थपलिया विजयी भएका छन ।
अधिबेशनबाट तीन वटा क्षेत्रीय समितिको पनि निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट उत्तरी क्षेत्रीय समितिको अध्यक्षमा बराबरी मत ल्याएपछि गोला प्रथाबाट पहिलो १८ महिनाका लागि दुर्गादत्त उप्रेती र पछिल्लो १८ महिनाका लागि सुशिल अधिकारी अध्यक्ष पदमा निर्वाचित भएका छन् भने उत्तरी क्षेत्रबाट जिल्ला प्रतिनिधिमा रविन्द्र बुर्लाकोटी र सदस्यहरुमा नविनकाजी श्रेष्ठ,हिरामान मानन्धर,शिवप्रसाद रिमाल,सन्जु श्रेष्ठ,रमेश कुमाल र यज्ञवहादुर अधिकारी विजयी भएका छन ।
त्यसै गरी मध्य क्षेत्रीय समितिको अध्यक्षमा राजकुमार श्रेष्ठ (डाँडाघरे) र क्षेत्रबाट जिल्ला प्रतिनिधिमा राजकुमार श्रेष्ठ ( माझघरे) विजयी भएका छन् भने सदस्यहरुमा बलराम खत्री,सुवाष वसेल,रेगन श्रेष्ठ, हवि महमद मिया, किरण पाठक, धननारायण श्रेष्ठ र गणेश थापा विजयी भएका छन् ।
अधिबेशनबाट दक्षिणी क्षेत्रीय समितिको अध्यक्षमा दिपककुमार कार्की र क्षेत्रबाट जिल्ला प्रतिनिधिमा ऋषिनाथ त्रिपाठी र सदस्यहरुमा जिवन विश्वकर्मा,हरिशरण सिलवाल,राजु पौडेल, कुमार बस्नेत, भरतकुमार बराकोटी,सुव्वा बहादुर मगर र रामबाबु रेग्मी विजयी भएका छन ।