शिव परियार,सुगम पोख्रेल र सन्ध्या जोशीको प्रस्तुतिले संगीतमय धादिङ ( फोटोफिचर )

637 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाली संगीतको जर्गेना एवं प्रचारप्रसार को मुल उद्देश्यका साथ चलिरहेको खुकुरी म्यूजिक टुर धादिङबेशीमा पनि सम्पन्न भएको छ ।
पुस २५ देखि सुरु भएको सांगीतिक अभियान माघ ६ गते सम्पन्न हुनेछ । अभियान अन्तर्गत पश्चिम क्षेत्रमा सुगम पोखरेल, शिव परियार र सन्ध्या जोशीको प्रस्तुति रहने कम्पनीले जनाएको छ । उक्त अभियानमा माघ २ गते चितवनको मुग्लिनवजारमा कार्यक्रम सम्पन्न भएको थियो भने  । माघ ३ गते धादिङबेसीमा पनि उत्साहजनक रुपमा सम्पन्न भएको छ । दर्शकको बाक्लो उपस्थिीति बिच राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार सुगम पोख्रेल , शिव परियार र सन्ध्या जोशीको दमदार प्रस्तुतिले पूरै धादिङबेशी संगीत मग्न भएको थियो ।

खुकुरी रमको मुख्य आयोजनामा रहेको सो कार्यक्रम माघ ४ गते नुवाकोटमा गर्दै थुपै अन्य २० जिल्लामा गरिने आयोजकको भनाइ छ ।