धादिङमा अबैध प्राकृतिक दोहन रोकेरै छाड्छु – एसपि वैदवार

1808 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ जिल्लाको शान्ति सुरक्षा, प्राकृतिक श्रोतको दोहन रोकथाम, राजमार्गमा हुने घटना दुर्घटनाबाट उत्पन्न हुने समस्या समाधानमा प्रहरी शक्तिलाई सहि ठाउँमा उभ्याएर आंफु प्रहरीकै भूमिकामा रहने धादिङका प्रहरी प्रमुख एसपि राजकुमार बैदवारले वताउनु भएको छ । बैदवार दुई दिन अघि मात्रै धादिङ सरुवा भई आउनु भएको हो । धादिङ जिल्लाको त्रिशूली तथा बुढीगण्डकी नदीमा बढ्द गएको अबैध दोहन तर्फ संकेत गर्दै नयाँ आउनु भएका एसपिले प्राकृतिक श्रोत दोहन रोकथाममा प्रहरी नै भएर उभिने वताउनु भएको हो ।

भर्खरै मात्र धादिङको प्रहरी प्रमुखको जिम्मेवारीमा आउनु भएका वैदवारले प्रही कसैको प्रभावमा पारेर होइन कानूनको अधिनमा रहेर आम नागरिकको विश्वास र भरोसाका लागि सेवामा समर्पित रहने र आंफु पनि नेपाल प्रहरीको मुल्य मान्यता बिश्वास लाई कायम राख्दै अघि बढ्ने बताउनु भएको छ ।
विहीवार धादिङका पत्रकारहरु संग परिचयात्मक कार्यक्रम राख्दै एसपि वैदवारले यस्तो वताउनु भएको हो । धादिङका तत्कालिन प्रहरी प्रमुख एसपि डम्बरवाहादुर विक सरुवा भई महाराजगन्ज स्थित प्रहरी शिक्षालयमा जानु भएको थियो भने महानगर प्रहरी शिक्षालयबाट एसपि वैदवार धादिङ सरुवा भई आउनु भएको हो । यसै गरी प्रहरी नायव उपरिक्षक (डिएसपि) श्याम महतो सरुवा भई जानु भएपछि उहाँको ठाउँमा स्याङजा जिल्ला प्रहरी कार्यालयबाट सरुवा भई (डिएसपि) प्रकाश विष्ट विहिवार धादिङ आउनु भएको छ ।