637 पटक पढिएको

सम्पादक: Dhadingnews.com

जूनमा जग्मगाऊन्
बद्रीप्रसाद दाहाल
images badri

मधुकर मह  भर्दै , गुन्गुनाएर  नाचे ।
सुमन  वनखुलाई , बैंस  पोखेर  हॉसे ।।
चिरविर  सुर  छर्दै , भुर्भुराएभ‘गेरा ।
धवलितझरनामा , घुर्घुराए  परेवा ।। १।।

तरुगृह  मधुमोही , पाउला   रङ्गदार ।
पुलकिततनलाली , पोतिएकाअपार ।।
गजल र  कवितामा , गाजलू  नाच्नथालिन् ।
नयन– नयनजुध्दा , अङ्ग  नै  भॉच्नलागिन् ।।२।।

हलचल  मनपार्दै , घुम्न  थाल्यो  अनङ्ग ।
कुच– कटि  कविताका , नाभि  पार्छन्  झसङ्ग ।।
मधुरिमलय  दिन्छन् , छिन्छिनाई  चुरीले ।
वदनउजिलिए  छन् , जाइ– चम्पा– जुईले ।।३।।

ललित  रसितगाला , रेशमी — केश  लामा ।
नयन – डिल  खुलेका , क्वैलीकामुग्ध— गाना ।।
चुलबुल  मन  पार्दै ,   वैजयन्तीफुलेछन् ।
गजलर  कवितामा , मोह– मायाझुलेछन् ।।४।।

चरम  नरम  तिम्रा , अङ्ग– प्रत्यङ्गकान्ता ।
नयनभरि  सजाई , राख्छु  मेरी  जयन्ता ।।
शुभ  मन  रस  बोली , कर्ममा  छम्छमाऊन् ।
नव– दिन सृजनाका , जूनमाजग्मगाऊन् ।। ५।।
समाप्तम्

अध्यक्ष—ः धादिङ  सिर्जना प्रतिष्ठान,९८४१५२८१५५,