मलेखुमा मोटरसाईकलको ठक्करबाट एक जना घाईते

1136 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर २ मा पर्ने मलेखु स्थित पृथ्बीलोकमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना घाईते भएका छन् । आईतबार दिउँसो पौन ४ बजे तिरको समयमा गोरखाबाट काठमाण्डौ तर्फ जादै गरे को बा ९६ प ८०८९ नम्बरको मोटरसाईकल संग स्थानीय राधिका होटल बाट राजमार्गतर्फ निस्किदै गरेको बा.७९ प ५३२० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा बा ७९ प ५३२० नम्बरको को मोटरसाइकल चालक बर्ष ४२ को जगत वहादुर तामाङ घाईते भएका हुन । घाईते तामाङ लाई उपचारको लागी काठमाण्डौ पठाईएको छ । निजको दाहिने हात को बिच औलाको नङ देखी माथि को भाग चुडिएको अन्य अवस्था सामान्य रहेको मलेखु प्रहरी चौकीले जनाएको छ ।
दुर्घटना पछि प्रहरीले दुबै मोटरसाईकल र ठक्कर दिने मोटरसाईकलका चालक गोर्खा जिल्ला गोर्खा नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ३४ को शुसिल तामाङ नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।