धादिङको एक्लेफाँटमा दुर्घटना एकको मृत्यु, एक जना घाईते

2506 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ३ फागुन – धादिङको थांक्रे गाउँपालिका वडा नम्बर १ एक्लेफाँट स्थित पृथ्वीराजमार्गमा शुक्रवार दिउँसो ५ वजे तिर भएको सवारी दुर्घटनामा परि एक जनाकाृ ज्यान गएको छ भने एक जना घाईते भएका छन ।
धादिङको सदरमुकाम धादिङबेसीबाट काठमाण्डौ तर्फ जादै गरेको ग्रामीण यातायातको बा ३ ख ८९३४ नम्बरको बसले काठमाण्डौंबाट गल्छी तर्फ आईरहेको बा ४२ प ५९२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर १ का ३५ बर्षिय राजु श्रेष्ठको मृत्यु भएको हो । घाईते भएका नुवाकोट विदुर नगरपालिका वडा नम्बर ५ का ३० बर्षिय आदित्य डंगोलको काठमाण्डौ स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ । मोटरसाईकलमा सवार दुवै जना घाईते भएकोमा उनिहरुलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाण्डौं पठाईएकोमा श्रेष्ठको बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो ।
घाईतेको डंगोलको अबस्था गम्भिर रहेको छ भने ,मोटरसाईकल र बस सिम्ले स्थित प्रहरी पोष्टको नियन्त्रणमा रहेको छ । दुर्घटना पछि फरार रहेका बस चालकको खोजी भईरहेको पनि बिष्टले वताउनुभयो ।

(तस्बिर / पर्वत लम्सालको फेसबु्कबाट)