फुलखर्कमा बिद्युत सर्ट भएर घरमा आगलागि

1524 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ८ फागुन – धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर ३ पोखरे स्थिते टेक बहादुर गुरुङको घरमा बिद्युत्त सर्ट भई आगलागी भएको छ । फागुन ८ गते बुधवार दिउँसो साँढे १ वजे तिरको समयमा गुरुङको टिनको छानो भएको घरमा अचानक बिद्युत सर्ट भई आगलागि भएको इलाका प्रहरी कार्यालय फुलखर्कले जनाएको छ ।
आगलागीको सूचना पाएपछि प्रहरी टोलि खटि गई स्थानिय र प्रहरीको सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिएको र उक्त आगलागीमा मानबिय तथा चौपाया क्षति नभएपनि घरपुर्ण रुपमा जलि नष्ट भई घरभित्र भएको अन्नपात‚ लत्ताकपडा लगायत अन्य सम्पूर्ण सामानहरु समेत गरी अन्दाजी १२ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

(सांकेतिक तस्बिर -श्रोत गुगल सर्चबाट )