गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्वर ३ मा धादिङका तीन जना

1870 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेश समिति गठन गरिएको छ । दोलखा जिल्लाका इश्वरचन्द्र पोखरेलको अध्यक्षतामा गठन गरिएको कार्य समिति १९ सदस्यीय रहेको छ ।
समितिको उपाध्यक्षमा रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा,सचिवमा धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमल्सिना, सह सचिवमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेल र कोषाध्यक्षमा धादिङको ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष जानुका सिम्खडा चयन हुनु भएको छ ।
यसैगरी सदस्यहरुमा दोलखाको तामाकोशी गाउँपालिका १ का अध्यक्ष महेश्वर काफ्ले, सिन्धुली तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णवहादुर थापा, रामेछापको गोकुलगँगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवार,काभ्रेपलान्चोकको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष कमला तामाङ, सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवार,रसुवाको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने,मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती,नुवाकोटको तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल,रामेछापको उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की,सिन्धुलीको हरिहरपुर गढी गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी राई, नुवाकोटको दुप्चेस्वर गाउँपालिकाका अध्यक्ष योगेन्द्र सिंह तामाङ,नुवाकोटको ककनी गाउँपालिकाका उपाध्यक्ष सिता लामा र धादिङको बेनिघाट गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी चयन हुनुभएको छ ।
अधिवेशनमा ३ नम्बर प्रदेशका १३ वटा जिल्लाका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
रामेछाप र दोलखाको सिमानामा पर्ने किर्नेटारमा दुई दिन सम्म चलेको गाउँपालिका राष्ट्रिय महासंघ नेपाल,प्रदेश नम्वर ३ को प्रथम अधिवेशनले तामाकोशी गाउँपालिकाको अध्यक्ष पोखरेललाई सर्वसम्मत रुपमा समिति अध्यक्षमा चयन गरेको हो ।