नेपाल रेडक्रसको विशेष महाधिवेशन फागुन १८ र १९ गते हुने

461 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 काठमाडौं – नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको विशेष महाधिवेशन फागुन १८ र १९ गते गोदावरीमा हुने भएको छ । सोसाइटीको संशोधित विधानको कार्यान्वयनमा देखिएका जटिलताको विषयमा छलफल गर्न विशेष महाधिवेशन आयोजना गरिएको बताइएको छ ।

गतवर्षको नियमित महाधिवेशनबाट भएको विधानको १७ औं संशोधन र त्यसको प्रमाणीकरणको प्रक्रियामा जाँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौको पत्रबाट प्राप्त निर्देशनसमेतलाई ध्यानमा दिई वैधानिक प्रक्रियाबाट सहज निकास दिन र निष्कर्षमा पुग्नका लागि केन्द्रीय सभाको यो विशेष महाधिवेशन आह्वान गरिएको सोसाइटीले बताएको छ । सोसाइटीको ५५ वर्षे इतिहासमा ४७ ओटा नियमित महाधिवेशन सम्पन्न भएको छ भने यो पहिलोे विशेष महाधिवेशन हो ।